default_image

3 years ago

November 7, 2020

साउथह्याम्टन शीर्षस्थानमा उक्लियो

एजेन्सी – न्युक्यासल युनाइटेडमाथि सहज जित हात पार्दै साउथह्याम्टन इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा साउथह्याम्टनले न्युक्यासललाई २–० ले हराएको हो । प्रिमियर लिगमा ८ खेलमा पाँचौ जित निकालेको साउथह्याम्टनले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । समान १६ अंक रहेपनि लिभरपुलले एक खेल कम खेलेको छ । पराजित न्युक्यासल ११ अंक […]

30 views

0 Bookmark

एजेन्सी – न्युक्यासल युनाइटेडमाथि सहज जित हात पार्दै साउथह्याम्टन इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा साउथह्याम्टनले न्युक्यासललाई २–० ले हराएको हो । प्रिमियर लिगमा ८ खेलमा पाँचौ जित निकालेको साउथह्याम्टनले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । समान १६ अंक रहेपनि लिभरपुलले एक खेल कम खेलेको छ । पराजित न्युक्यासल ११ अंक जोडेर ११औं स्थानमा छ ।

सेन्ट मेरिज स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको सातौ मिनेटमा नै चे एडाम्सको गोलबाट अग्रता लिएको थियो । उनले थियो वल्कोटको पासमा गोल गरेका थिए । १२औं मिनेटमा एडाम्सको अर्काे प्रहार सदुपयोग हुन सकेन ।

२२औं मिनेटमा इलान सेन्ट म्याक्सिमिनको पावरफुल हेडर सिधै साउथह्याम्टनको गोलरक्षक एलेक्स म्याकर्थीको हातमा पुग्दा न्युक्यासल बराबरीबाट चुक्यो । ४२औं मिनेटमा थियो वल्कोट चुके । ५१औं मिनेटमा ओरिओल रोमिउको प्रहार क्रसबारमा लागेर फकैदा साउथह्याम्टन अग्रता दोब्बर पार्नबाट चुक्यो ।

८२औं मिनेटमा स्टुआर्ट आम्सस्ट्रोङले गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा जमल लेविसको क्रसमा जोइलिन्टनको डाइभिङ हेडरलाई गोलरक्ष म्याकार्थीले उत्कृष्ट बचाउ गर्दै न्युक्यासलको गोललाई टारे । घरेलु मैदानमा साउथह्याम्टनले न्युक्यासलमाथि बल पोजेसनमा पनि पकड बनाएको थियो ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले ब्राइटन १६औं स्थानमा तथा बर्नली १९औं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.