default_image

3 years ago

November 7, 2020

‘डेर क्लासिकेर’ : डर्टमुन्ड र बायर्न भिड्दै

एजेन्सी – जर्मन बुन्डेस लिगाको पहिलो क्लासिको ‘डेर क्लासिको’ अर्थात बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखबीचको खेल आज राति हुदैछ । खेल सिग्नल इडुना पार्कमा नेपाली समयअनुसार राति ११ः१५ बजे हुनेछ । दुवै टोली सिजनको पहिलो क्लासिको आफ्नो पक्षमा पार्दै शीर्षता बढाउने लक्ष्यमा हुनेछन् । ६ खेलबाट समान १५ अंक रहेपनि बायर्न शीर्षस्थानमा तथा डर्टमुन्ड दोस्रो […]

34 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगाको पहिलो क्लासिको ‘डेर क्लासिको’ अर्थात बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखबीचको खेल आज राति हुदैछ ।

खेल सिग्नल इडुना पार्कमा नेपाली समयअनुसार राति ११ः१५ बजे हुनेछ । दुवै टोली सिजनको पहिलो क्लासिको आफ्नो पक्षमा पार्दै शीर्षता बढाउने लक्ष्यमा हुनेछन् । ६ खेलबाट समान १५ अंक रहेपनि बायर्न शीर्षस्थानमा तथा डर्टमुन्ड दोस्रो स्थानमा रहेको छ ।

यो खेललाई रोबर्ट लेवान्डोस्की भर्सेस एर्लिङ ब्राउट हालान्डबीचको घम्साघम्सीको रुपमा समेत हेरिएको छ । किनकि दुवै खेलाडीले लगातार गोल गरिरहेका छन् । २० वर्षीय हालान्डले यो सिजनको बुन्डेसलिगाको ५ खेलमा ५ गोल तथा दुई असिस्ट दिएका छन् । यस्तै ३२ वर्षीय लेवान्डोस्कीले यो सिजनको बुन्डेसलिगामा ५ खेलमा १० गोल गर्दै ३ असिस्ट दिएका छन् ।

डर्टमुन्डसँग हालान्सँगै जाडोन सान्चो, जियोभानी रेना, मार्काे रिउस, एक्सेल विस्टेल, म्याट हमेल्स, थोमस म्युनियर, म्यानुयल एकान्जी, राफयल गुरेरो, महमुद दाहुद र गोलरक्षक रोमन बुर्की छन् ।
यता बायर्नसँग लेवान्डोस्कीसँगै थोमस मुलर, किङ्सले कोमान, सर्ज जिनाब्री, लियोन गोरेट्जका, योसुवा किम्मिख, लुकास हर्नान्डेज, डेभिड खल्वा, जेरोमी बोएटिङ, बेन्जामिन पाभार्ड र गोलरक्षक तथा कप्तान म्यानुयल नोएर छन् ।

बायर्न सेप्टेम्वरमा होफेनहाइनसँग ४–१ ल पराजित भएयताको पछिल्लो ९ खेलमा अपराजित छ । डर्टमुन्ड अक्टोवरमा इटालियन क्लब लाजियोसँग पराजित भएयता चार खेलमा अपराजित रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो ३५ खेलको नजिता हेर्दा बायर्न हावी देखिएको छ । बायर्नले १७ खेल आफ्नो पक्षमा पार्दा डर्टमुन्ड १२ खेलमा विजयी भएको छ । ६ खेल बराबरीमा टुगिंएको छ । पछिल्लो तीन खेलमा डर्टमुन्डले बायर्नलाई हराउन सकेको छैन । डर्टमुन्ड बायर्नसँगको हारको श्रृंखला तोड्ने लक्ष्यमा रहदा बायर्न सोही जितको लयलाई निरन्तरता दिने दाँउमा हुनेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.