default_image

3 years ago

November 7, 2020

बार्सिलोनालाई रियल बेटिसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसको सामना गर्दै गर्दैछ । खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । ला लिगामा मध्यम प्रदर्शन गरेको बार्सिलोना रियल बेटिसलाई हराउदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । ६ खेलबाट ८ अंक जोडेको बार्सिलोनाले समान २ जित, बराबरी र हारको नतिजा निकालेको छ । […]

33 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसको सामना गर्दै गर्दैछ । खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ ।

ला लिगामा मध्यम प्रदर्शन गरेको बार्सिलोना रियल बेटिसलाई हराउदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । ६ खेलबाट ८ अंक जोडेको बार्सिलोनाले समान २ जित, बराबरी र हारको नतिजा निकालेको छ । १२ औं स्थानमा रहेको बार्सिलोना ला लिगामा तेस्रो जितको खोजीमा हुनेछ ।

कप्तान लियोनेल मेस्सी, अन्सु फाती, एन्टोइन ग्रिजमन, पेड्री, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि जोङ, जेरार्ड पिके, सर्जिनो डेस्ट, जोडी अल्वा र गोलरक्षक मार्क आन्द्र टेर स्टेगन टोलीमा रहेका छन् । चोटका कारण फिलिपे कौटिन्हो टोलीमा हुनेछैनन् । मिरालेम प्यानिच, सर्जी रोबर्टाे, औसमाने डेम्बेले, क्लेमेन्ट लेङ्लेट र ट्रिन्काओ पनि टोलीसँग रहेका छन् ।

यता, रियल बेटिसको पनि बार्सिलोनालाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्य हुनेछ । ८ खेलमा ४ जित र ४ हारको नतिजा निकालेको रियल बेटिस १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

बेटिससँग एन्टोनिया सानाब्रिया, क्रिस्टियन टेलो, सर्जियो कानालेस, नविल फेकिर, विलियम कार्भाल्हो, गुइडो रोड्रिग्वेज, मार्क बार्टा, इमर्सन, एलेक्स मोरेनो, एइसा मन्डी र बार्सिलोनाकै पुर्व गोलरक्षक क्लाउडियो ब्राभो टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो १८ खेलको नतिजा हेर्दा बार्सिलोनाले १४ खेल आफ्नो पक्षमा पारेको छ । २ खेल बेटिसले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.