default_image

3 years ago

November 7, 2020

ब्रुनो चम्कँदा युनाइटेडले एभर्टनलाई हरायो

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई गोल र एक असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेडले एभर्टनलाई इंग्लिस प्रिमियर लिगमा पराजित गरेको छ । युनाइटेडले एभर्टनलाई उसकै मैदानमा ३–१ को हार चखाएको हो । युनाइटेडको जितमा इडिन्सन काभनीले पनि गोल गरे । उनले वैकल्पिक खेलाडीमा रुपमा मैदान प्रवेश गर्दै क्लबका लागि पहिलो गोल गरेका हुन् । प्रिमियर […]

34 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई गोल र एक असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेडले एभर्टनलाई इंग्लिस प्रिमियर लिगमा पराजित गरेको छ । युनाइटेडले एभर्टनलाई उसकै मैदानमा ३–१ को हार चखाएको हो ।

युनाइटेडको जितमा इडिन्सन काभनीले पनि गोल गरे । उनले वैकल्पिक खेलाडीमा रुपमा मैदान प्रवेश गर्दै क्लबका लागि पहिलो गोल गरेका हुन् । प्रिमियर लिगमा एभर्टनको यो लगातार तेस्रो हार हो ।

एभर्टन यसअघि साउथह्याम्टनसँग २–० ले तथा न्युक्यासल युनाइटेडसँग २–१ ले पराजित भएको थियो । गुडिसन पार्कमा शनिबार साँझ भएको खेलमा एभर्टनले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा लगातार तेस्रो हार बेहोर्न बाध्य बन्यो ।

खेलको १९औं मिनेटमा बर्नाडको गोलबाट एभर्टनले अग्रता लिएका थियो । उनले गोलरक्षक जोर्डन पिकफोर्डको लामो पासमा डोमिनिक काल्भर्ट लेविनले फ्लिक गरेको हेडेर पासलाई नियन्त्रणमा लिदै बटम लफ्ट कर्नरमा उत्कृष्ट फिनिस गरेका थिए ।

तर, घरेलु टोली एभर्टनको त्यो अग्रता लामो समय टिकेन । २५औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । उनले हुवान माटाको पासमा लुका साले क्रस गरेको बललाई हेडरमार्फ जाली चुमाएका थिए । २९औं मिनेटमा लुकास डिग्नेको शक्तिशाली प्रहार पोस्टमा लागेर बाहिरिदा एभर्टनले खेलमा पुनः अग्रता लिनबाट चुक्यो ।

३३औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २–१ ले अघि बढाए । आफैले दिएको पासलाई मार्कुस रासफोर्डले क्रस गरेपनि अनमार्क रहेका फर्नान्डेसको हेडर पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

६२औं मिनेटमा गोलरक्षक जोर्डन पिकफोर्डको गल्तीको फाइदा कप्तान ह्यारी मिगुएरले उठाउन नसक्दा गोलअन्तर बढाउन सकेन । ६४औं मिनेटमा एभर्टनले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । ७३औं मिनेटमा मार्कुस रासफोर्डको प्रहारलाई पिकफोर्डले उत्कृष्ट बचाउ गरे ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा वैकल्पिक खेलाडी एडिन्सन काभनीले गोल गर्दै युनाइटेडलाई ३–१ को जित दिलाए । ८२औं मिनेटमा एन्थोनी मार्सियलो स्थानमा मैदान छिरेका काभानीले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै युनाइटेडको ७ खेलबाट १० अंक पुगेको छ । पराजित एभर्टनको १३ अंक छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.