default_image

3 years ago

November 7, 2020

बेटिसविरुद्ध मेस्सी बेन्चमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसविरुद्ध खेलमा बेन्चमा रहेका छन् । पछिल्लो समय निरन्तर पूरा समय मैदान बिताएका मेस्सीलाई प्रशिक्षक रोनाल्ड कोम्यानले यस सिजन पहिलो पटक विश्राम दिएका हुन् । च्याम्पियन्स लिग र ला लिगामा नियमित खेलसँगै विश्वकप छनोटका लागि अर्जेन्टिनाबाट समेत खेलिरहेका कारण कोम्यानले यो […]

43 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसविरुद्ध खेलमा बेन्चमा रहेका छन् ।

पछिल्लो समय निरन्तर पूरा समय मैदान बिताएका मेस्सीलाई प्रशिक्षक रोनाल्ड कोम्यानले यस सिजन पहिलो पटक विश्राम दिएका हुन् । च्याम्पियन्स लिग र ला लिगामा नियमित खेलसँगै विश्वकप छनोटका लागि अर्जेन्टिनाबाट समेत खेलिरहेका कारण कोम्यानले यो निर्णय लिएका हुन् ।

मेस्सीले यस सिजन अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । उनले गरेका सबै गोल पेनाल्टीमा आएका छन् र टोलीको आक्रमणमा पनि उनले खासै प्रभाव जमाउन सकेका छैनन् । प्रशिक्षक कोम्यानले बार्सिलोना आएयता पहिलोपटक मेस्सीबिना टोली उतार्न लागेका हुन् । उनले एन्टोइन ग्रिजमन, अन्सु फाती, पेड्री र ओस्मान डेम्बेलेलाई आक्रमणको जिम्मेवारी सुम्पिएका छन् ।

मिडफिल्डमा फ्रेन्की डे जोङ र सर्जियो बुस्केट्सले आक्रमण र डिफेन्ससँग समन्वय गर्नेछन् । डिफेन्समा जेरार्ड पिके र क्लेमेन्ट लेङलेटसँग जोर्डी अल्बा र सर्जी रोबर्टोले खेल्नेछन् । गोलरक्षकको जिम्मेवारी मार्क आन्दर टेर स्टेगनले निभाउनेछन् ।

बार्सिलोनाको सुरुवाती रोजाई : एन्टोइन ग्रिजमन, अन्सु फाती, पेड्री, ओस्मान डेम्बेले, फ्रेन्की डे जोङ, सर्जियो बुस्केट्स, जेरार्ड पिके, क्लेमेन्ट लेङलेट, जोर्डी अल्बा, सर्जी रोबर्टो, मार्क आन्दर टेर स्टेगन

रियल बेटिसको सुरुवाती रोजाई : ब्राभो, एमर्सन, मान्डी, बार्टरा, एलेक्स मोरेनो, विलियम, गिडो. जोआकिन, कानालेस, टेलो, सनाब्रिया

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.