default_image

3 years ago

November 8, 2020

डर्टमुन्डमाथि बायर्नको रोमान्चक जित

एजेन्सी – युरोपेली च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा निकटतम प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ३-२ ले पराजित गरेको छ । खेलमा घरेलु टोली डर्टमुन्डले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । कप्तान मारको रिउसले पहिलो हाफको ४५ औं मिनेटमा गोल गर्दै बायर्नविरुद्ध अग्रता दिलाएका थिए । उनले राफैल गुरेरोको क्रसलाई पहिलो […]

49 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा निकटतम प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ३-२ ले पराजित गरेको छ ।

खेलमा घरेलु टोली डर्टमुन्डले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । कप्तान मारको रिउसले पहिलो हाफको ४५ औं मिनेटमा गोल गर्दै बायर्नविरुद्ध अग्रता दिलाएका थिए । उनले राफैल गुरेरोको क्रसलाई पहिलो टचमा नै गोल गरेका थिए । तर उक्त अग्रता पहिलो हाफसम्म पनि टिकेन ।

इन्ज्युरी समयको चौथो मिनेटमा डेविड अलावाले फ्रिकिकमा चलाखीपूर्ण मुभ बनाउँदै खेल बराबरीमा ल्याए । पहिलो हाफमा नै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएपनि भीएआरले उक्त गोललाई मान्यता दिएको थिएन ।

दोस्रो हाफको ४८ औं मिनेटमा लेवान्डोसकीले गोल गर्न सफल भए । उनले लुकास हर्नान्डेजको क्रसलाई हेडरमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८० औं मिनेटमा लेवान्डोस्कीकै पासमा लेरोय सानेले गोल गर्दै अग्रता दोब्बर पारे । ८३ औं मिनेटमा एर्लीङ हालान्डले डर्टमुन्डका लागि गोल फर्काएपनि नतिजा बदल्न भने उक्त गोल पर्याप्त रहेन ।

यस नतिजासँगै बायर्नले लिग तालिकाको शीर्ष स्थानमा पकड बलियो बनाएको छ । बायर्नको ७ खेलमा १८ अंक छ भने दोस्रो स्थानको लाइप्जिगको १६ र डर्टमुन्डको १५ अंक रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.