default_image

3 years ago

November 8, 2020

सेफिल्डमाथि चेल्सीको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्डमाथि ४–१ को सानदार पूनरागमन जित हात पारेको छ । चेल्सीको सानदार पूनरागमन जितमा ट्याम्मी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नरले गोल गरे । डेभिड म्याकगोल्डरिकको गोल सान्त्वना बन्यो । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सी […]

32 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्डमाथि ४–१ को सानदार पूनरागमन जित हात पारेको छ ।

चेल्सीको सानदार पूनरागमन जितमा ट्याम्मी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नरले गोल गरे । डेभिड म्याकगोल्डरिकको गोल सान्त्वना बन्यो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सी खेलको नवौं मिनेटमा पछि परेको थियो । सेफिल्डका डेभिड म्याकगोल्डरिकले सान्डर वर्गको पासमा गोल गरेका थिए । २३औं मिनेटमा ट्याम्मी अब्राहमले गाल गर्दै चेल्सीलाई खेलमा फर्काए । उनले माटियो कोभासिसको क्रसमा अनमार्क रहेका अब्राहमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३४औं मिनेटमा बेन चिलवेलले गोल गर्दै खेलमा चेल्सीलाई २–१ को अग्रता दिलाए । उनले हाकिम जियाचको पासमा क्लोज रेन्जबाट गोल गरेका थिए । ४८औं मिनेटमा कोभासिसले गोलको सुवर्ण अवसर खेर फाले ।

७७औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अघि बढाए । हाकिम जियाचको फ्रिकिकलाई सिल्भाले हेडरमार्फत सदुपयोग गरेका थिए । ८०औं मिनेटमा एङ्गोलो कान्टेको पासमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई ४–१ को सानदार जित दिलाए ।

यो जितसँगै चेल्सी ८ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान १५ अंक नै रहेपनि एक खेल कम खेलेको लेस्टर गोल अन्तरमा चौथोमा छ । पराजित सेफिल्ड १ अंकसहित पुछारमा छ ।

अन्य नतिजा
क्रिस्टल प्यालेस
विरुद्ध लिड्स (–१), वेस्टह्यामविरुद्ध फुलहम (–०)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.