3 years ago
November 8, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका विंगर अन्सु फाती कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस ला लिगामा शनिबार राति रियल बेटिसमाथि ५–२ को जित निकालेको खेलमा १८ वर्षीय फातीले चोट बोक्न पुगेका थिए । बार्सिलोनाले फातीको चोट पुष्टि गर्दै उनले कम्तीमा पनि तीन देखि पाँच महिना मैदान बाहिर रहने जनाएको […]
एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका विंगर अन्सु फाती कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् ।
स्पेनिस ला लिगामा शनिबार राति रियल बेटिसमाथि ५–२ को जित निकालेको खेलमा १८ वर्षीय फातीले चोट बोक्न पुगेका थिए । बार्सिलोनाले फातीको चोट पुष्टि गर्दै उनले कम्तीमा पनि तीन देखि पाँच महिना मैदान बाहिर रहने जनाएको छ ।
फातीको चोटले बार्सिलोना र स्पेनलाई टोलीमा अभाव खड्कनेछ । खेलको ३२औं मिनेटमा एइसा मान्दीको खराव ट्याकलमा पर्दा फातीले बाँया घुडामा चोट बोक्न पुगेका थिए । त्यसमै प्राप्त पेनाल्टीमा एन्टोइन ग्रिजमन चुकेका थिए । उनको घुडाको मेनिस्कसमा चोट रहेको बुझिएको छ ।
बार्सिलोनाका डक्टर रिप्पलका अनुसार फाती कम्तीमा पनि तीन देखि पाँच महिना मैदान बाहिर रहन सक्ने बताएका छन् । तर विस्तृत परिक्षणपछि मात्रै उनी कति समय मैदान बाहिर रहने बाहिर आउनेछ ।
चोट बोकेसँगै फातीले यस महिना हुने तीन अन्तर्राष्ट्रिय खेल पनि गुमाउने भएका छन् । स्पेनले नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड र जर्मनीसँगै खेल्दैछ । फातीले यि तीन खेल नै गुमाउनेछन् । यस्तै फातीले एट्लेटिको म्याड्रिडसँगको खेल गुमाउनुको साथै जनवरीमा साउदी अरेबियामा हुने स्पेनिस सुपर कपसमेत गुमाउने सम्भावना बढेको छ ।
फातीले यो सिजन बार्सिलोनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन १० खेलमा ५ गोल गरिसकेका छन् ।
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]
April 25, 2024
एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]
April 25, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]