default_image

3 years ago

November 8, 2020

युभेन्ट्सलाई लाजियोको चुनौती

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति गत सिजन लिग उपाधिका लागि प्रतिस्पर्धा गरेका युभेन्ट्स र लाजियोबीच खेल हुँदैछ । खेल लाजियोको मैदानमा नेपाली समयानुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । घरेलु टोली लाजियोलाई हराउदै युभेन्ट्स अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । ६ खेलबाट १२ अंक जोडेको युभेन्ट्स १२ अंक जोडेर तेस्रो स्थानमा रहेको […]

52 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति गत सिजन लिग उपाधिका लागि प्रतिस्पर्धा गरेका युभेन्ट्स र लाजियोबीच खेल हुँदैछ । खेल लाजियोको मैदानमा नेपाली समयानुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

घरेलु टोली लाजियोलाई हराउदै युभेन्ट्स अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । ६ खेलबाट १२ अंक जोडेको युभेन्ट्स १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यता, लाजियो पनि युभेन्ट्सलाई हराउदै अंक तालिका सुधार गर्ने योजनामा रहनेछ । युभेन्ट्सविरुद्ध लाजियोको लक्ष्य अंक खोस्ने नै हुनेछ । लाजियो १० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

क्रिस्टियानो रोनाल्डासँगै पछिल्ला खेलमा लगातार गोल गरिरहेका स्पेनिस फरवार्ड अल्भारो मोराटाले लाजियोविरुद्ध अग्रपङ्ति सम्हाल्नेछन् । पाउलो डिबाला भने अझैपनि पूर्ण फिट हुन् संघर्षरत छन् । आर्थर, आरान राम्से, एड्रियन राविओट, जुवान कोर्डाडो, लियोनाद्रो बोनुची, डानिलो, फेडरिको किएजा पनि टोलीसँग रहेका छन् । भेट्रान डिफेन्डर जिओर्जियो किएलिनी चोटबाट फर्केपनि यस खेलका लागि उपलब्ध छैनन् ।

लाजियोका लागि फरवार्ड चिरो इम्मोबिले, मिडफिल्डर लुकास लेइभा र गोलरक्षक थोमस स्ट्राकोसा टोलीमा रहने छैनन् । कोरोना संक्रमणका कारण च्याम्पियन्स लिगका खेल गुमाएका उनीहरुको कोरोना परिक्षणलाई लिएर विवाद भएपछि पुन: परिक्षण गरिएको थियो । शुक्रबारको रिपोर्ट नेगेटिभ आएपनि उनीहरु टोलीमा नरहने बुझिएको छ ।

अन्य खेल :

एटलान्टाविरुद्ध इन्टर मिलान (राति ७ः४५ बजे)

जिनोआविरुद्ध रोमा (राति ७ः४५ बजे)

बोलोग्नाविरुद्ध नेपोली (राति १०ः४५ बजे)

मिलानविरुद्ध हेलास भेरोना (राति १ः३० बजे)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.