default_image

3 years ago

November 8, 2020

अपराजित मिलानलाई शीर्षता बढाउने अवसर

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति शीर्षस्थानमा रहेको एसी मिलानले हेलास भेरोनासँग प्रतिस्पर्धा गर्दैछ । खेल सानसिरोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । शीर्ष स्थानमा रहेको मिलान भेरोनालाई सहजै पराजित गर्दै शीर्षता थप पकड बनाउने लक्ष्यमा हुनेछ । अपराजित रहेको मिलानको ६ खेलबाट १६ अंक रहेको छ । हेलास भेरोनालाई हराउन सके […]

29 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति शीर्षस्थानमा रहेको एसी मिलानले हेलास भेरोनासँग प्रतिस्पर्धा गर्दैछ । खेल सानसिरोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

शीर्ष स्थानमा रहेको मिलान भेरोनालाई सहजै पराजित गर्दै शीर्षता थप पकड बनाउने लक्ष्यमा हुनेछ । अपराजित रहेको मिलानको ६ खेलबाट १६ अंक रहेको छ । हेलास भेरोनालाई हराउन सके मिलानले दोस्रो स्थानको सस्सुलोसँग ४ अंकको अग्रता कायन गर्नेछ ।

भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच टोलीका मुख्य हतियार हुनेछन् । उनले यो सिजन सिरी ‘ए’ मा चार खेलमा ७ गोल गरिसकेका छन् । यस्तै हकान कलहानोग्लु, राफयल लियो, एलेक्सिस सेइलमेकर्स, इस्माइल बेनासेर, एलेसियो रमागनोली, थियो हर्नान्डेज, डिएगो डालट र गोलरक्षक जियानलुजी डोन्नररुम्मा रहनेछन् ।

यस्तै ११ अंक जोडेर सातौ स्थानमा रहेको हेलास भेरोना पनि मिलानलाई सिरीमा पहिलो हार चखाउने लक्ष्यमा मैदानमा उत्रनेछ । ६ खेलमा एकमात्र हार बेहोरेको भेरोनाले सन्तुलित फुटबल खेलिरहेको छ । टोलीसँग निकोला कालिनिक, माटिया जाकाग्नी, एन्टोनिन बाराक, इभान इलिक र गोलक्षक मार्काे सिल्भेस्ट्री लगायतका खेलाडीको साथ रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.