default_image

3 years ago

November 9, 2020

‘मेस्सी फरक खेलाडी हुन्’

एजेन्सी– जोर्डी अल्बालाई थाहा छ बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सी कति महत्त्वपूर्ण छन् भन्ने । दोस्रो हाफमा मेस्सी मैदान प्रवेश गरेको शनिबारको ला लिगा खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएको थियो । मेस्सीले २ गोल पनि गरे । शनिबार अघि मेस्सीले सिजनका सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए । बेटिसविरुद्धको खेलमा भने प्रशिक्षक […]

43 views

0 Bookmark

एजेन्सी– जोर्डी अल्बालाई थाहा छ बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सी कति महत्त्वपूर्ण छन् भन्ने । दोस्रो हाफमा मेस्सी मैदान प्रवेश गरेको शनिबारको ला लिगा खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएको थियो । मेस्सीले २ गोल पनि गरे ।

शनिबार अघि मेस्सीले सिजनका सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए । बेटिसविरुद्धको खेलमा भने प्रशिक्षक कोम्यानले मेस्सीलाई पहिलो रोजाईमा राखेनन् । खेलको पहिलो हाफ १–१ को बराबरी टुंगिएको थियो । दोस्रो हाफमा जब मेस्सी मैदान प्रवेश गरे त्यसले खेलमा पूरै प्रभाव पर्यो ।

‘सबैलाई थाहा छ उनी क्षमतावान खेलाडी हुन्,’ मेस्सीको आगमनपछि खेलमा परेको प्रभावका बारेमा अल्बाले भने, ‘उनी मैदानमा प्रवेश गरेसँगै खेलमा परिवर्तन भयो । उनी फरक खेलाडी हुन् ।’

अल्बाले कसलाई खेलाउने वा नखेलाउने भने प्रशिक्षकमा निर्भर हुने बताए । ‘मेस्सीलाई पहिलो रोजाईमा नराख्ने प्रशिक्षकको निर्णय हो,’ उनले थपे, ‘मेस्सी हुँदा हामीले निकै राम्रो खेल्यौं । हामी सबै उनलाई मैदानमा चाहन्छौं ।’

पहिलो हाफमा टोलीले धेरै राम्रो प्रदर्शन गर्न नसकेपछि कोम्यानले मेस्सीलाई उतारेका थिए । पहिलो हाफमा एन्टोनी ग्रिजमनले केहि राम्रा मौका गुमाएका थिए । पहिलो हाफमा प्राप्त पेनाल्टीमा पनि उनी गोल गर्नबाट चुकेका थिए ।

‘पेनाल्टी चुक्दा धेरैलाई रिस उठ्छ । तर त्यो फुटबल हो,’ बार्सिलोनाले मौका चुकाएका विषयमा अल्बाले भने, ‘हामी पेनाल्टीमा केहि अभागी पनि रह्यौं । त्यो राम्रो मौका थियो । तर हामी दोस्रो हाफमा सफल भयौं ।’

दोस्रो हाफमा अल्बा र फुल ब्याक सेर्जी रोबेर्टोले अग्रपक्तिका खेलाडीलाई राम्रा पास उपलब्ध गराएका थिए । ‘बार्सिलोनाको खेलमा फूल ब्याक कति महत्वपूर्ण हुन्छ हामीलाई थाहा छ,’ उनले भने, ‘मैले एउटा र सर्जीले दुईवटा मौका सिर्जना गरे ।’ शनिबारको जितपछि बार्सिलोना ११ अंकसहित अंकतालिकाको आठौं स्थानमा उक्लेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.