default_image

3 years ago

November 8, 2020

युभेन्ट्स लाजियोसँग रोकियो

एजेन्सी – अन्तिम एक मिनेट सम्हालिन नसक्दा युभेन्ट्स लाजियोसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लाजियोले युभेन्ट्सलाई १–१ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । स्टेडियो ओलम्पिको रोमामा आइतबार साँझ भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोको खेलको १५औं मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले गोल […]

47 views

0 Bookmark

एजेन्सी – अन्तिम एक मिनेट सम्हालिन नसक्दा युभेन्ट्स लाजियोसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लाजियोले युभेन्ट्सलाई १–१ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो ।

स्टेडियो ओलम्पिको रोमामा आइतबार साँझ भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोको खेलको १५औं मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगए ।

जुवान क्वाडराडोले निकै नै मिहनेतपुर्वक गरेको क्रसलाई रोनाल्डोले १५औं मिनेटमा सहजै गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा रोनाल्डोको झन्डै २५ यार्ड टाढाको प्रहार पोस्टबाट थोरै बाहिरिदा युभेन्ट्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ४२औं मिनेटमा रोनाल्डो नै चुके । पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डाको प्रहारमा गोलरक्षक पेपे रेइना बाधक बने । रोनाल्डोको प्रहार पोस्टमा लागेर फर्कंदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।

४९औं मिनेटमा एडाम मारुसिकले बराबरीको अवसर खेर फाले । दोस्रो हाफको मध्यतिर रोनाल्डो चोट लागेपछि मैदान छाडेका थिए । उनको स्थानमा आएका फरवार्ड पाउलो डिबलाले केहि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

८२औं मिनेटमा मारुसिकको प्रहारमा गोलरक्षक वजसिएच बाधक बन्दा घरेलु टोली पुनः बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले जोआक्विन कोरेयाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा सकाए ।

यो बराबरीसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्स ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । लाजियो ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको एसी मिलानको १६ अंक छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.