default_image

3 years ago

November 8, 2020

फिफा रेफ्री सूचीमा हेरफेर, सुदिश पाण्डे बाहिरीए

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२१ का लागि फिफा रेफ्रीको नामावली सार्वजनिक गरेको छ । नयाँ सूचीमा अघिल्लो वर्षबाट ५ नयाँ रेफ्री नियुक्त भएका छन् । नेपाली फुटबलमा कडा प्रस्तुतिका लागि पहिचान बनाएका रेफ्री सुदिश पाण्डे यसपटक फिफा रेफ्री नामावलीमा परेका छैनन् । उनीसँगै श्रवण लामाको नाम पनि सुचिबाट […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२१ का लागि फिफा रेफ्रीको नामावली सार्वजनिक गरेको छ । नयाँ सूचीमा अघिल्लो वर्षबाट ५ नयाँ रेफ्री नियुक्त भएका छन् ।

bishnu sunar sudish

नेपाली फुटबलमा कडा प्रस्तुतिका लागि पहिचान बनाएका रेफ्री सुदिश पाण्डे यसपटक फिफा रेफ्री नामावलीमा परेका छैनन् । उनीसँगै श्रवण लामाको नाम पनि सुचिबाट बाहिर रहेको छ । यी दुईको स्थानमा प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री फिफा रेफ्रीमा नियुक्त भएका छन् । एन्फाको रेफ्री समितिले फिटनेस र मेडिकल टेस्टपछि नामावली स्वीकृत गरेको हो ।

यस्तै असिस्टेन्ट फिफा रेफ्रीमा पनि दुई परिवर्तन भएको छ । रोजेन श्रेष्ठ र पदम भुजेलको स्थानमा विक्रम चौधरी र किशन यादव फिफाको नामावलीमा समावेश भएका छन् । महिलातर्फ अस्मिता मानन्धरको स्थानमा अन्जना राईले फिफा रेफ्रीको भूमिका पाएकी छिन् ।

सन् २०२१ को फिफा सुची :

रेफ्री : नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ, अन्जना राई (महिला)

असिस्टेन्ट रेफ्री : नानीराम थापामगर, माधव खत्री, युनल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किशन यादव, विना श्रेष्ठ (महिला)

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.