default_image

3 years ago

November 9, 2020

रियल म्याड्रिडको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ । कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरेपछि रियलले भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो । ला लिगामा म्याड्रिडको यो दोस्रो हार हो । म्याड्रिड यसअघि क्याडिजसँग […]

40 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ ।

कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरेपछि रियलले भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो ।

ला लिगामा म्याड्रिडको यो दोस्रो हार हो । म्याड्रिड यसअघि क्याडिजसँग १–० ले स्तब्ध बनेको थियो । भ्यालेन्सियामा आइतबार राति भएको खेलमा रियलले खेलको २३औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले मार्सेलोको पासमा गोल गरेका थिए ।

३०औं मिनेटमा घरेलु टोलीले खेललाई बराबरी गर्ने मौका पाएपनि कार्लाे सोलेर पेनाल्टीमा चुके । सोलेरको पेनाल्टीलाई थिवाउट कोर्टुवाले बचाएपनि रिवाउन्डमा युनुस मुसाहले गोल गरेपनि भिएआरबाट मान्यता पाएन र भिएआरकै सहायतामा भ्यालेन्सियालाई पुन पेनाल्टी प्रदान गरिएको थियो । जसमा यसपटक सोलेर चुकेनन् ।

४३औं मिनेटमा भिएआरकै सहायतामा राफयल भरानको आत्मघाती गोल देखिएपछि भ्यालेन्सियाले खेलमा २–१ को अग्रता बनायो । म्याक्सिमिलियानो गोमेजको प्रहारमा कोर्टुवा बिट भएपनि भरानले बचाउदा खोज्दा गोललाइन क्रस भएको देखिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुका मोड्रिचको प्रहारलाई भ्यालेन्सियाका गोलरक्षकले बचाउदै बराबरी टारे ।

४७औं मिनेटमा काङ इन लिको प्रहार पोस्टमा लागेर फर्कदा भ्यालेन्सियाले अग्रता बढाउन सकेन । ५४औं मिनेटमा सोलेरले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ३–१ ले अघि बढाए । पेनाल्टी बक्समा मार्सेलोले म्याक्सिमिलियानो गोमेजलाई लडाएपछि रेफ्रीले भ्यालेन्सियालाई पेनाल्टी प्रदान गरेको थियो । त्यसपछि रियलले दुई मिनेटको अन्तरमा दुई उत्कृष्ट मुभ बनाएपनि भ्यालेन्सियाका गोलरक्षक बाधक बने ।

फेडरिको भाल्भेर्डेको प्रहारलाई भ्यालेन्सियाका गोलरक्षकले विफल पारे । रिवाउन्डमा भिनिसियस जुनियरको प्रहारले पोस्टको दिशा लिन सकेन । ५८औं मिनेटमा लुका मोड्रिचको प्रहारलाई डोमिनिकले ब्लक गरे । ६३औं मिनेटमा भ्यालेन्सियाले भिएआरकै सहायतामा अर्काे पेनाल्टी पाएपछि सोलेरले कुनै गल्ती नगर्दै ह्याट्रिक पुरा गर्दा भ्यालेन्सिया खेलमा ४–१ ले अघि बढ्यो ।

रामोसले पेनाल्टी बक्समा युनुस मुसाहलाई समातेपछि भ्यालेन्सियाले पेनाल्टीको अपिल गरेको थियो । ६८औं मिनेटमा रोड्रिगो, बेन्जेमा र मार्टिन ओडेगार्डको समन्वयमा बनेको मुभमा लुकास भास्क्वेजको प्रहार आकासिदा रियल अग्रता घटाउनबाट चुक्यो । इन्ज्युरी समयमा मारियानो डियाज र रोड्रिगोले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा रियलले फराकिलो हार बेहोर्न बाध्य बन्यो ।

यो हारले रियल म्याड्रिड ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा खुम्चिएको छ । भ्यालेन्सिया ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.