default_image

3 years ago

November 9, 2020

वाट्किन्स चम्कदा आर्सनलको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । एस्टन भिल्लाले आर्सनललाई ३–० ले हराएको हो । इमिरेट्स स्टेडियममा भिल्लाको जितमा ओली वाट्किन्सले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै जोन म्याक्जिनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एस्टन भिल्ला अग्रता लिनबाट […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । एस्टन भिल्लाले आर्सनललाई ३–० ले हराएको हो ।

इमिरेट्स स्टेडियममा भिल्लाको जितमा ओली वाट्किन्सले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै जोन म्याक्जिनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एस्टन भिल्ला अग्रता लिनबाट चुकेको थियो ।

२५औं मिनेटमा बुकायो साकाको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनायो । ज्याक ग्रेयलिस, रस बार्कले र ट्रयाजिग्वेटको समन्वयमा बनेको मुभमा ट्रयाजिग्वेटले गरेको क्रसलाई बचाउन खोज्दा साकाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ४१औं मिनेटमा एलेक्सान्द्र लाकाजेटको क्लोज रेन्जबाट गरेको हेडर पोस्टबाट थोरै बाहिरिदा आर्सनल बराबरीबाट चुक्यो ।

४८औं मिनेटमा ट्रयाजिग्वेटको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले बचाए । त्यसपछि वाट्किन्सले चार मिनेटको अन्तरमा दुई गोल गरेपछि आर्सनलको हार सुनिश्चित भएको थियो ।

वाट्किन्सले ७२औं मिनेटमा रस बार्कलेको पासमा गोल गर्दै एस्टन भिल्लाको अग्रता दोब्बर पारे । ७५औं मिनेटमा ज्याक ग्रेयलिसको पासमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लाको जित सुनिश्चित गरे ।

यो जितसँगै एस्टन भिल्ला ७ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । पराजित आर्सनल १२ अंकसहित ११औं स्थानमा छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.