default_image

3 years ago

November 9, 2020

ब्रुयन पेनाल्टीमा चुक्दा सिटी रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै महत्वपुर्ण खेलमा केभिन डि ब्रुयन पेनाल्टीमा चुक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दा सिटीको ब्राजिली फरवार्ड गाब्रियल जेससले बराबरी गोल फर्काएका थिए । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुलले […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै महत्वपुर्ण खेलमा केभिन डि ब्रुयन पेनाल्टीमा चुक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दा सिटीको ब्राजिली फरवार्ड गाब्रियल जेससले बराबरी गोल फर्काएका थिए ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीविरुद्ध खेलको १३औं मिनेटमा मोहम्मद सलाहको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । साडियो मानेलाई पेनाल्टी बक्समा केएल वाल्करले फल गरेपछि रेफ्रीले सिधै लिभरपुललाई पेनाल्टी प्रदान गरेको थियो ।

२५औं मिनेटमा केभिन डि ब्रुयनको पासमा रहिम स्ट्रलिङले भेट्न नसकेको बललाई जेससले प्रयास गरेपनि लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाए । ३१औं मिनेटमा जेससले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

उनले केभिन डि ब्रुयनको पासमा गोल गर्न सफल भएका थिए । चोटबाट पूनरागमन गरेपछि जेससको यो लगातार दोस्रो खेलमा दोस्रो गोल हो । यसअघि उनले च्याम्पियन्स लिगमा ओलम्पियाकोसविरुद्ध गोल गरेका थिए ।

४२औं मिनेटमा केभिन डि ब्रुयन पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलविरुद्ध अग्रता लिन सकेन । केभिन डि ब्रुयनले क्रस गरेको बल जोसेप गोमेजको ह्यान्ड भएको भन्दै सिटीले पेनाल्टी अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । तर ब्रुयनको पेनाल्टीमा बेकरले ठम्याउन नसकेपनि बाहिरियो ।

४४औं मिनेटमा सलाहका पासमा एलेक्सान्डर अर्नाेल्डको शक्तिशाली प्रहार सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाए । ५५औं मिनेटमा जेससले सुवर्ण अवसर गुमाउदा सिटी अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुगिंयो ।

यो बराबरीसँगै लिभरपुलले शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ । लिभरपुल ८ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सिटी १२ अंकसहित १०औं स्थानमा रहेको छ । १८अंकसहित लेस्टर शीर्षस्थानमा रहँदा टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.