default_image

3 years ago

November 9, 2020

लेस्टर प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

एजेन्सी – वल्भ्समाथि संघर्षपुर्ण जित निकाल्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टर सिटीले वल्भ्सलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । शीर्षस्थानमा रहेको लेस्टर सिटीको ८ खेलबाट ६ जितसहित १८ अंक छ । समान खेलबाट टोटेनहम हस्टपर र लिभरपुल १७ अंक जोडेर दोस्रो र […]

29 views

0 Bookmark

एजेन्सी – वल्भ्समाथि संघर्षपुर्ण जित निकाल्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टर सिटीले वल्भ्सलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

शीर्षस्थानमा रहेको लेस्टर सिटीको ८ खेलबाट ६ जितसहित १८ अंक छ । समान खेलबाट टोटेनहम हस्टपर र लिभरपुल १७ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ । पराजित वल्भ्स १३ अंकसहित नवौं स्थानमा छ ।

१५औं मिनेटमा जेमी भार्डीले गरेको गोल नै लेस्टरको जितमा पर्याप्त बन्यो । ३९औं मिनेटमा भार्डी पेनाल्टीमा चुकेका थिए । डेनिस प्रायटको क्रसलाई पेनाल्टी बक्समा म्याक्स किलमनले ह्यान्ड गरेपछि लेस्टरले पेनाल्टी अपिल गरेको थियो । जसलाई रेफ्रीले भिएआरको सहायता लिदै पेनाल्टी प्रदान गर्दा भार्डी चुकेनन् ।

३९औं मिनेटमा भार्डी पेनाल्टीमा चुक्दा लेस्टर अग्रता दोब्बर पार्नबाट चुक्यो । रायन एइट नोउरीले आफ्नै बक्समा जेम्स जस्टिन र बलमाथि अनावश्यक नियन्त्रणमा लिएपछि रेफ्रीले लेस्टरलाई पेनाल्टी प्रदान गरेको थियो । तर, भार्डीको पेनाल्टी पोर्चुगिज गोलरक्षक रुइ प्याट्रिसियोले बचाइदिए ।

त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको गोल नै लेस्टरको जितमा पर्याीत बन्यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.