default_image

3 years ago

November 9, 2020

इब्राहिमोभिचले मिलानलाई हारबाट जोगाए

एजेन्सी – इन्ज्युरी समयमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले गोल गरेपछि शीर्षस्थानमा रहेको एसी मिलान इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँगको हारबाट जोगिएको छ । २–० ले पछि परेको स्थितिमा मिलानले भेरोनासँग २–२ गोलको बराबरी खेलेको हो । मिलानो इटालीमा आइतबार राति भएको खेलमा घरेलु टोली मिलान खेलको छैटौ मिनेटमा एन्टोनिन बाराकको गोलमा पछि परेको थियो […]

39 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले गोल गरेपछि शीर्षस्थानमा रहेको एसी मिलान इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँगको हारबाट जोगिएको छ ।

२–० ले पछि परेको स्थितिमा मिलानले भेरोनासँग २–२ गोलको बराबरी खेलेको हो । मिलानो इटालीमा आइतबार राति भएको खेलमा घरेलु टोली मिलान खेलको छैटौ मिनेटमा एन्टोनिन बाराकको गोलमा पछि परेको थियो ।

१९औं मिनेटमा डाभिड कालाब्रियाले आत्मघाती गोल गरेपछि मिलान खेलमा २–० ले पछि परेको थियो । माटिया जाकाग्नीको प्रहार कालाब्रियालाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा डोन्नररुम्माले रोक्ने कुनै अवसर नै पाएन ।

२७औं मिनेटमा जियानजियाकोमो माग्नानीले आत्मघाती गोल गरेपछि मिलान खेलमा फर्किएको थियो । फ्रान्क केइसीको प्रहार माग्नानीलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । ५१औं मिनेटमा हकान कलहानोग्लुले गोल गरेपनि अफसाइड पोजिसनमा रहेकाले उनको गोलले मान्यता नपाउदा मिलान बराबरीबाट चुक्यो ।

६३औं मिनेटमा थियो हर्नान्डेजको प्रहारलाई भेरोनाका गोलरक्षक मार्काे सिल्भेट्रीले उत्कृष्ट बचाउ गरे । ६५औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले पेनाल्टी चुकाउदा मिलान पनि बराबरीबाट चुक्यो । ७६औं मिनेटमा ज्लाटनकै प्रहार क्रसबारमा लागेर बाहिरिदा मिलान पुनः बराबरीबाट चुक्यो । लगत्तै ७७औं मिनेटमा इब्राहिमोभिचले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ज्लाटनले गोल गर्दै मिलानलाई हारबाट जोगाए । उनले ब्राहिम डियाजको पासमा गोल गर्न सफल भएका थिए ।

बराबरीसँगै अपराजित रहेको मिलान ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । दोस्रो स्थानको सस्सुलोको १५ अंक रहेको छ । भेरोना १२ अंकसहित आठौं स्थानमा छ ।

अन्य नतिजा
एटलान्टाविरुद्ध इन्टर (१–१), जिनोआविरुद्ध रोमा (१–), टोरिनोविरुद्ध क्रोटोन (०–०), बोलोग्नाविरुद्ध नेपोली (०–)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.