default_image

3 years ago

November 9, 2020

घाइते फातीको ठाँउमा एसेन्सियो

एजेन्सी – लुइस इरिक्वेले रियल म्याड्रिडका मार्को एसेन्सियोलाई स्पेनिस राष्ट्रिय टोलीमा समेटेका छन् । नोभेम्बरमा स्पेनले नेदरल्यान्ड्, स्विट्जरल्यान्ड र जर्मनीसँग खेल्दैछ । एसेन्सियालाई बार्सिलोनाका अन्सु फातीको ठाँउमा बोलाइएको हो । शनिबार ला लिगामा रियल बेटिससँगको खेलमा चोट लागेपछि फाती मैदान बाहिर भएका छन् । घुँडामा लागेको चोट कारण फातीले ३ देखि ५ महिनासम्म मैदान बाहिर […]

39 views

0 Bookmark

एजेन्सी – लुइस इरिक्वेले रियल म्याड्रिडका मार्को एसेन्सियोलाई स्पेनिस राष्ट्रिय टोलीमा समेटेका छन् । नोभेम्बरमा स्पेनले नेदरल्यान्ड्, स्विट्जरल्यान्ड र जर्मनीसँग खेल्दैछ । एसेन्सियालाई बार्सिलोनाका अन्सु फातीको ठाँउमा बोलाइएको हो ।

शनिबार ला लिगामा रियल बेटिससँगको खेलमा चोट लागेपछि फाती मैदान बाहिर भएका छन् । घुँडामा लागेको चोट कारण फातीले ३ देखि ५ महिनासम्म मैदान बाहिर बिताउनु पर्ने अनुमान गरिएको छ ।

फरवार्ड एसेन्सियो सोमबार टोलीमा आबद्ध हुनेछन् । उनी सम्मिलित रियलले आइतबार भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको थियो । चोटका कारण सेभिल्लाका जेसस नाभास पनि स्पेनिस टोलीबाट बाहिरिएका छन् ।

शनिबार सेभिल्लाले ओसासुनालाई हराएको खेलमा उनलाई चोट लागेको थियो । राइट ब्याक नाभासको ठाँउमा हेक्टर बेलिरिनलाई टोलीमा समावेश गरिएको छ । उनी सन् २०१६ पछि पहिलो पटक टोलीमा समावेश गरिएका हुन् । आर्सनलका राइट ब्याक बेलिरिनलाई इरिक्वेले भने समेटेको भने यो पहिलो पटक हो ।

फातीको चोटले बार्सिलोना र स्पेनलाई टोलीमा अभाव खड्कनेछ । खेलको ३२औं मिनेटमा एइसा मान्दीको खराव ट्याकलमा पर्दा फातीले बाँया घुडामा चोट बोक्न पुगेका थिए । त्यसमै प्राप्त पेनाल्टीमा एन्टोइन ग्रिजमन चुकेका थिए । उनको घुडाको मेनिस्कसमा चोट रहेको बुझिएको छ ।

बार्सिलोनाका डक्टर रिप्पलका अनुसार फाती कम्तीमा पनि तीन देखि पाँच महिना मैदान बाहिर रहन सक्ने बताएका छन् । तर विस्तृत परिक्षणपछि मात्रै उनी कति समय मैदान बाहिर रहने बाहिर आउनेछ ।

चोट बोकेसँगै फातीले यस महिना हुने तीन अन्तर्राष्ट्रिय खेल पनि गुमाउने भएका छन् । स्पेनले नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड र जर्मनीसँगै खेल्दैछ । फातीले यि तीन खेल नै गुमाउनेछन् । यस्तै फातीले एट्लेटिको म्याड्रिडसँगको खेल गुमाउनुको साथै जनवरीमा साउदी अरेबियामा हुने स्पेनिस सुपर कपसमेत गुमाउने सम्भावना बढेको छ ।

फातीले यो सिजन बार्सिलोनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन १० खेलमा ५ गोल गरिसकेका छन् ।

April 10, 2024

आर्सनल र बायर्नको बराबरी

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको‌ पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन् । घरेलु मैदान इमिरेट्समा मंगलबार भएको खेलमा आर्सनल बायर्न लाई २-२ को बराबरीमा‌ रोक्न सफल भएको हो। दुवै टोलीले एक एक पटक खेलमा लिएको अग्रता जोगाउन सकेनन् । बुकायो साकाले १२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । १८ […]

April 10, 2024

रियल म्याड्रिड र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा दुई दावेदार रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३-३ को बराबरीमा सकिएको हो । खेल उत्कृष्ट गोलहरुले भरिपूर्ण रहेको थियो । पहिलो मिनेट देखि अन्तिम मिनेटसम्म खेल प्रतिस्पर्धात्मक रह्यो । खेलको दोस्रो मिनेटमा नै बर्नार्डो […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.