default_image

3 years ago

November 9, 2020

समस्यामा रहेको रियललाई बेन्जेमाको चिन्ता

एजेन्सी – ला लिगाको आइतबारको रात रियल म्याड्रिडका लागि पीडादायी रह्यो । रियलले भ्यालेन्सियालाई ४–१ को नतिजा सुम्पदा रक्षापंक्तिको कमजोरी छताछुल्ल भएको थियो । बेन्जेमाले नै टोलीका लागि अग्रता दिलाएको खेलमा दोस्रो हाफमा रियलको प्रदर्शन खराब रह्यो । रियलले ३ गोल पेनाल्टी र अर्को गोल आत्मघाती सामना गरेको थियो । त्यो खेल रियलको यो सिजनको […]

41 views

0 Bookmark

एजेन्सी – ला लिगाको आइतबारको रात रियल म्याड्रिडका लागि पीडादायी रह्यो । रियलले भ्यालेन्सियालाई ४–१ को नतिजा सुम्पदा रक्षापंक्तिको कमजोरी छताछुल्ल भएको थियो ।

बेन्जेमाले नै टोलीका लागि अग्रता दिलाएको खेलमा दोस्रो हाफमा रियलको प्रदर्शन खराब रह्यो । रियलले ३ गोल पेनाल्टी र अर्को गोल आत्मघाती सामना गरेको थियो । त्यो खेल रियलको यो सिजनको खराब प्रदर्शन मध्ये एक हुन सक्छ ।

खराब खेलकै कारण समस्यामा रहेको टोलीका लागि अर्को दुःखद खबर भने फरवार्ड करिम बेन्जेमाको समस्या छ । उनको खुट्टाको मासंपेशीमा समस्या देखिएको छ । त्यसै कारण फ्रान्सेली फरवार्डको ठाँउ दोस्रो हाफमा मारियानो डियाजले लिएका थिए ।

तर, उनले मैदान किन छाड्नु पर्यो भन्ने कारण अझै बताइएको छैन । उनको बायाँ खुट्टामा शरीरको बढी भार परेको कारण परिवर्तन गरिएको अनुमान गरिएको छ । परिक्षणपछि मात्र उनको अवस्थाबारे विस्तृत थाहा हुनेछन् । तर, गम्भिर समस्या भने नरहेको अनुमान गरिएको छ ।

रियल र बेन्जेमाका लागि भने संयोग यस्तो परेको छ अब अन्तर्राष्ट्रिय विश्रामले ला लिगा स्थगित भएको छ । आउने दुई सातामा बेन्जेमा पूर्ण रुपमा फिट भएर अर्को खेलका लागि फर्कने आशा गर्न सकिन्छ ।

विश्रामपछि भने रियलले आफ्ना मुख्य गोलकर्ता पूर्ण रुपमा फिट भएको हेर्न चाहन्छ । च्याम्पियन्स लिगमा इन्टर मिलानको सामना गर्नुअघि टोलीले ला लिगामा भिल्लारियलको सामना गर्नेपर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.