default_image

3 years ago

November 9, 2020

भालभेर्डे पनि चोटग्रस्त

एजेन्सी – ला लिगामा आइतबार भ्यालेन्सियासँग ४–१ ले लज्जास्पद हार बेहारेको रियल म्याड्रिडका अर्का एक खेलाडी घाइते भएका छन् । फेडे भाल्भार्डे चोटग्रस्त भएको रियलले पुष्टी गरेको छ । फेडेको घुँडा र कुर्कुचाबीचको भित्री हड्डीमा चोट लागेको बताइएको छ । चोट लागेपछि उरुग्वेली मिडफिल्डले यो महिना कोलम्बिया र ब्राजिलबीचको खेल गुमाउने भएका छन् । ‘परिक्षणका […]

27 views

0 Bookmark

एजेन्सी – ला लिगामा आइतबार भ्यालेन्सियासँग ४–१ ले लज्जास्पद हार बेहारेको रियल म्याड्रिडका अर्का एक खेलाडी घाइते भएका छन् । फेडे भाल्भार्डे चोटग्रस्त भएको रियलले पुष्टी गरेको छ ।

फेडेको घुँडा र कुर्कुचाबीचको भित्री हड्डीमा चोट लागेको बताइएको छ । चोट लागेपछि उरुग्वेली मिडफिल्डले यो महिना कोलम्बिया र ब्राजिलबीचको खेल गुमाउने भएका छन् । ‘परिक्षणका क्रममा भाल्भार्डेलाई चोट लागेको छ । उनको बायाँ खुटको घुँडा र कुर्कुचाबीचको भित्री हड्डीमा चोट लागेको छ,’ रियलले विज्ञप्तीमार्फत भनेको छ, ‘चोटको अवस्थाका बारेमा जानकारी गराइनेछ ।’

भालभेर्डेको चोट हेर्दा पूर्ण रुपमा ठीक हुनका लागि झन्डै महिना दिन लाग्ने अनुमान गरिएको छ । क्लबले उनको चोटको अवस्था नियमित परिक्षण गरिरहने जनाएको छ । भालभेर्डेको चोट र कोराना भाइरसका कारण कासेमिरो मैदान बाहिर भएकाले प्रशिक्षक जिनेदिन जिदानले भिल्लारियल र इन्टरका लागि अर्का खेलाडीमा भर पर्नुपर्ने भएको छ ।

भालभेर्डेको अनुपस्थिति जिदानका लागि टाउको दुखाइको विषय हुनेछ । कासेमिरो र इडन हाजार्ड दुवैलाई कोरोना संक्रमण हुँदै यसैपनि जिदानसँग विकल्प कम छ । भालभेर्डेले मिडफिल्डमा उच्च प्रदर्शन गरिरहेका थिए, जसका कारण उनी जिदानको पहिलो रोजाईमा पर्दै आएका थिए ।

अब उनको अनुपस्थिति क्लबका लागि घाटा हुन सक्दछ । यसबीच मार्टिन ओडेगार्ड भने चोटमुक्त भएर फर्कने क्रममा रहनु क्लबका लागि सुखद खबर हो ।

निकै समस्यमा रहेको रियलबारे यो पनि पढ्नुहोस :

समस्यामा रहेको रियललाई बेन्जेमाको चिन्ता

झन् झन् खराब खेल्दै मार्सेलो

‘हारको जिम्मेवारी म लिन्छु’- जिदान

घाइते फातीको ठाँउमा एसेन्सियो

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.