default_image

3 years ago

November 10, 2020

फाती चार महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनिस मिडफिल्डर अन्सु फाती चार महिना मैदान बाहिर रहने पक्का भएको छ । उनको बाँया खुट्टाको घुडाको शल्यक्रियापछि उनी चार महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । १८ वर्षीय फातीले शनिबार राति रियल बेटिसमाथि ५–२ को सानदार जित निकालेको खेलमा चोट बोकेका थिए । उनको घुडाको मेनिस्कस इन्ज्युरी […]

42 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनिस मिडफिल्डर अन्सु फाती चार महिना मैदान बाहिर रहने पक्का भएको छ । उनको बाँया खुट्टाको घुडाको शल्यक्रियापछि उनी चार महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

१८ वर्षीय फातीले शनिबार राति रियल बेटिसमाथि ५–२ को सानदार जित निकालेको खेलमा चोट बोकेका थिए । उनको घुडाको मेनिस्कस इन्ज्युरी भएको थियो । खेलको ३२औं मिनेटमा एइसा मान्दीको खराव ट्याकलमा पर्दा फातीले बाँया घुडामा चोट बोक्न पुगेका थिए । त्यसमै प्राप्त पेनाल्टीमा एन्टोइन ग्रिजमन चुकेका थिए ।

उनको सोमबार नै शल्यक्रिया गरिएको छ । शल्यक्रियामा संलग्न डक्टर रमोन कुगाटका अनुसार फाती पुर्ण रुपमा खेलमा फर्कन चार महिना लाग्नेछ । फातीको चोटले बार्सिलोना र स्पेनलाई टोलीमा अभाव खड्कनेछ ।

बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका फातीले गत वर्षदेखि सियिनर टोलीमा स्थन बनाएका थिए । यो सिजन उनी टोलीका महत्वपुर्ण सदस्य रहँदै आएका थिए । यस्तै उनले स्पेनको राष्ट्रिय टोलीमा समेत स्थान बनाउदै गोल गर्न सफल भएका थिए ।

चार महिना मैदान बाहिर रहने भएसँगै फातीले बार्सिलोनाको महत्वुपर्ण खेलसँगै स्पेनिस राष्ट्रिय टोलीका खेलहरु समेत गुमाउने भएका छन् ।

चोट बोकेसँगै फातीले यस महिना हुने तीन अन्तर्राष्ट्रिय खेल पनि गुमाउने भएका छन् । स्पेनले नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड र जर्मनीसँगै खेल्दैछ । फातीले यि तीन खेल नै गुमाउनेछन् । यस्तै फातीले एट्लेटिको म्याड्रिडसँगको खेल गुमाउनुको साथै जनवरीमा साउदी अरेबियामा हुने स्पेनिस सुपर कपसमेत गुमाउने सम्भावना बढेको छ ।

फातीले यो सिजन बार्सिलोनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन १० खेलमा ५ गोल गरिसकेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.