default_image

3 years ago

November 10, 2020

प्रदर्शन र नयाँ अध्यक्षमा निर्भर मेस्सीको भविष्य

एजेन्सी – ला लिगाको पछिल्लो खेलमा बार्सिलोनाको जितको सबै भन्दा केन्द्रमा लिओनल मेस्सी रहे । रियल बेटिससँगको खेलको पहिलो हाफ टुंगिदा १–१ बराबरी थियो । जब दोस्रो हाफमा मेस्सी मैदान प्रवेश गरे त्यसपछि खेलमा बार्सिलोनाको दबदबा रह्यो । गोलीगाँठामा समस्या भएपछि ३३ वर्षे सुपर स्टारलाई पहिलो रोजाईमा राखिएको थिएन । खेलमा बार्सिलोना दबाबमा रहेपछि प्रशिक्षक […]

47 views

0 Bookmark

एजेन्सी – ला लिगाको पछिल्लो खेलमा बार्सिलोनाको जितको सबै भन्दा केन्द्रमा लिओनल मेस्सी रहे । रियल बेटिससँगको खेलको पहिलो हाफ टुंगिदा १–१ बराबरी थियो । जब दोस्रो हाफमा मेस्सी मैदान प्रवेश गरे त्यसपछि खेलमा बार्सिलोनाको दबदबा रह्यो ।

गोलीगाँठामा समस्या भएपछि ३३ वर्षे सुपर स्टारलाई पहिलो रोजाईमा राखिएको थिएन । खेलमा बार्सिलोना दबाबमा रहेपछि प्रशिक्षक रोनाल्डो कोम्यानले मेस्सी उतारेका थिए । जसले खेलमा परिवर्तन भएको थियो ।

मेस्सीको पासमा एन्टोनी ग्रिजमनले गोल गरेपछि बार्सिलोना खेलमा अग्रता लिएको थियो । त्यसपछि मेस्सी आफैले २ गोल गरेपछि बार्सिलोनाले खेल ५–२ ले आफ्नो पक्षमा पारेको थियो । लगातार ४ खेल सम्म विजयी हुन नसकेको बार्सिलोनाका लागि बेटिससँगको जित अर्थपूर्ण थियो ।

बार्सिलोनामा अहिले पनि मेस्सीको उपस्थिति कति महत्वपूर्ण छ भन्ने पनि सो खेलमा पुनः पुष्टी भएको थियो । त्यो जितले बार्सिलोनाको आगामी यात्राका लागि पक्कै पनि सकारात्मक उर्जा दिन मद्दत गर्नेछ ।

अर्कोतर्फ सिजनको सुरुवातमा मेस्सीले क्लब छाड्न चाहेका कारण बार्सिलोना अन्यौलता छाएको थियो । प्रिमियर लिग टोली म्यानचेस्टर सिटीले उनलाई भित्राउने तयारी पनि गरिरहेको थियो । बार्सिलोनाले रिलिज क्लब ७ सय मिलियन युरोको तिरेको खण्डमा मात्र छाड्ने बताएपछि मेस्सी पछि हटेका थिए ।

उनले क्लबसँग विवादमा जानुको सट्टा यो सिजन अन्त्य क्लबै रहने निर्णय गरेका थिए । आउने दिनका क्लबमा हुने घटना क्रमले उनी अर्को सिजन त्यहि रहने वा अर्को क्लब जाने तय गर्ने अनुमान गरिएको छ ।

व्यक्तिगत रुपमा आफ्नो र समग्र टिमको लय पछिल्लो खेलमै रहेको अवस्थामा मेस्सी सम्झौता नविकरणका लागि राजी हुने अनुमान गरिएको छ । त्यो सँगै प्रशिक्षक कोम्यानसँग पनि उनको सम्बन्ध राम्रो रहेको विश्वास गरिन्छ ।

अर्कोतर्फ क्लबका नयाँ अध्यक्ष को निर्वाचित हुन्छन् त्यसले पनि उनी बार्सिलोनामा रहने नरहने तय हुने अनुमान गरिएको छ । अध्यक्ष पदबाट राजीनामा दिएका जोसेप मारिय बोर्टेमेउसँग मेस्सीको पछिल्लो दिन सम्बन्ध खास राम्रो थिएन । नयाँ अध्यक्ष चुनिएसँगै आउने प्रस्ताव हेरेर मेस्सी कुनै निर्णयमा पुग्ने विश्वास गरिएको छ ।

आउने केहि वर्षका लागि बार्सिलोनाको योजना कस्तो रहन्छ, खेलकुद निर्देशक को आउनेछन्, प्रशिक्षक क्लबले सरुवाका लागि कस्तो प्रणाली अपनाउछन् मेस्सीले त्यसमा चासो राख्नेछन् ।
कम्तीमा सिजनको अन्त्यसम्ममा मेस्सीले कुनै निर्णय लिने सम्भावना देखिन्न ।

जारी सिजनमा टोलीको प्रदर्शन कस्तो रहन्छ र निर्वाचित अध्यक्षनको योजना कस्तो रहन्छ त्यसमा मेस्सीको भविष्य निर्भर हुने आँकलन गरिएको छ । अहिलेका लागि भने अर्जेन्टिनी सुपर स्टारले आफ्नो भविष्यलाई लिएर कुनै चिन्ता गरेका छैनन् । सिटीले उनलाई भित्राउन पुन प्रयास गर्ने चर्चाका बीच पनि मेस्सीले भने आफ्नो खेलमा केन्द्रित देखिन्छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.