default_image

3 years ago

November 11, 2020

ग्रिजमनका पूर्व एजेन्टले गरे मेस्सीको आलोचना

एजेन्सी – एन्टोनी ग्रिजमनका पूर्व एजेन्ट इरिक ओलहाट्सले बार्सिलोनाका कप्तान लिओनल मेसीको व्यवहारको चर्को आलोचना गरेका छन् । सन् २०१६ सम्म ग्रिजमनको एजेन्ट रहेको ओलहाट्सले बार्सिलोनामा उनको घुलमिललाई लिएर पनि आफ्नो धारणा राखेका छन् । सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट बार्सिलोना पुगेका ग्रिजमनले सोचे अनुरुप प्रदर्शन गर्न सकेका छैनन् । मेस्सीसँगको उनको सहकार्य कस्तो रहन्छ […]

50 views

0 Bookmark

एजेन्सी – एन्टोनी ग्रिजमनका पूर्व एजेन्ट इरिक ओलहाट्सले बार्सिलोनाका कप्तान लिओनल मेसीको व्यवहारको चर्को आलोचना गरेका छन् । सन् २०१६ सम्म ग्रिजमनको एजेन्ट रहेको ओलहाट्सले बार्सिलोनामा उनको घुलमिललाई लिएर पनि आफ्नो धारणा राखेका छन् ।

सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट बार्सिलोना पुगेका ग्रिजमनले सोचे अनुरुप प्रदर्शन गर्न सकेका छैनन् । मेस्सीसँगको उनको सहकार्य कस्तो रहन्छ भन्नेमा सुरुबाट प्रश्न थियो । ‘उनी क्लबमा पुगेदेखि नै समस्या देखिएको छ कारण त्यहाँ सबैमा मेस्सीको नियन्त्रण छ,’ उनले भने, ‘मेस्सीले आफूलाई सबै मान्छन् । ग्रिजमनको आगमन उनलाई खासै चित्त बुझेको थिएन ।’

ओलहाट्स त्यतिमा रोकिएनन् । ‘गत सिजन ग्रिजमन क्लबमा पुगेपछि मेस्सी बोलेनन् । उनलाई पास पनि दिएनन्,’ उनले थपे, ‘जसले गर्दा क्लबमा आघात र नाकारात्मक वातावरण सृजना भएको छ । त्यो स्पष्ट देखिएको थियो । मेस्सीको मनोवृति दयनीय छ ।’

ग्रिजमनले भने मेस्सीसँग समस्या रहेको आफै कहिल्यै भनेका छैनन् । ‘मेस्सीसँग कुनै समस्या नरहेको ग्रिजमले सधै भन्दै आएका छन्’, पूर्व एजेन्टले मेस्सीतर्फ संकेत गर्दै भने भने, ‘तर त्यहाँ आतंककै शासन छ । खेलाडीले कि उनीसँग हुनुपर्छ या विरुद्धमा ।’

परिस्थिति जस्तै भएपनि आउने दिनमा सबै समस्या समाधान भएर जाने ओलहाट्सले विश्वास व्यक्त गरे । ‘ग्रिजमनको कसैसँग कहिल्यै केहि समस्या हुँदैन । उनी त्यस्ता छैनन्,’ उनले भने, ‘यो साहस वा व्यक्तित्वको अभावका कारणले होइन । उनी केबल फुटबललाई माया गर्छन् , त्यो बाहेक अरु केहि छैन । उनी कसैसँग तिक्तता चाहदैनन् । उनका लागि विवादमा जानु अर्थहिन हो ।’

फ्रान्सेली खेलाडीका पूर्व एजेन्टले क्लबमा जस्तै कठीन परिस्थिति भएपनि विस्तार सामान्य हुने विश्वास लिए । बार्सिलोनामा ५७ खेलमा ग्रिजमनले १७ गोल गरेका छन् । ग्रिजमनले आउने दिनमा राम्रो गर्न सक्नेमा उनी आशावादी छन् ।

‘उनले कठीन समय पार गर्दै आएको मैले देखेको छ । मलाई लाग्छ उनी अहिलेको अवस्थाबाट अघि बढ्नेछन्,’ उनले थपे, ‘समस्या भए क्लबमा छ उनमा छैन ।’

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.