default_image

3 years ago

November 12, 2020

रोनाल्डो बेच्ने युभेन्ट्सको मनसाय

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले आफ्ना पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेच्ने मनसाय बनाएको छ । युभेन्ट्सले रोनाल्डोलाई सिजनको अन्त्यसँगै बेच्ने तयारी गरेको हो । ३५ वर्षीय रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । रोनाल्डो र युभेन्ट्सबीच २०२२ सम्मको सम्झौता रहेको छ । तर, युभेन्ट्सले सम्झौता समय बाँकी छदै पाँच […]

32 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले आफ्ना पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेच्ने मनसाय बनाएको छ । युभेन्ट्सले रोनाल्डोलाई सिजनको अन्त्यसँगै बेच्ने तयारी गरेको हो ।

३५ वर्षीय रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । रोनाल्डो र युभेन्ट्सबीच २०२२ सम्मको सम्झौता रहेको छ । तर, युभेन्ट्सले सम्झौता समय बाँकी छदै पाँच पटकको बालोन डिओर च्याम्पियन रोनाल्डोलाई बेच्ने तयारी गरेको हो ।

युभेन्टेसले रोनाल्डोको बढ्दो उमेरलाई ध्यानमा राख्दै उनलाई कम मुल्यमा बेच्ने योजना बनाएको हो । सम्झौता सकिएपछि फ्रि एजेन्टमार्फत क्लब छाड्ने भएकले युभेन्ट्स त्यसअघि नै रोनाल्डोलाई बेच्दै केही रकम लिने मनसायमा रहेको छ ।

युभेन्ट्समा तेस्रो सिजन बिताइरहेका रोनाल्डोले युभेन्टस्सबाट हालसम्म ९४ खेल खेल्दै ७१ गोल गरेका छन् । उनले त्यहाँ दुई सिरी ‘ए’ र एक कोपा इटालियन जितेका छन् । रोनाल्डोले यो सिजन ५ खेलमा ६ गोल गरिसकेका छन् ।

इटालियन संचारमाध्यमका अनुसार युभेन्टसले रोनाल्डोबाट लामो समय अहिलेको स्तरको प्रदर्शन अपेक्षा गर्न नसकिने बुझेको छ । रोनाल्डो आफैं पनि यस विषयमा जानकार छन् र दुवै पक्षले एजेन्टसँग मिलेर उचित निर्णय लिने तयारी छ । लगातार उच्च लयमा खेलिरहेपनि युभेन्टसले भविष्यलाई हेर्दै यो निर्णय लिन बाध्य भएको बुझिएको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.