default_image

3 years ago

November 11, 2020

नेयरमारको सम्झौता लम्ब्याउन पीएसजी तयार

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारसँग नयाँ सम्झौता लम्ब्याउन तयार भएको छ । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियानार्दोले आफ्नो टोलीका महत्वपुर्ण खेलाडी नेयमारको नयाँ सम्झौताको प्रक्रिया सुरु भएको बताएका छन् । पीएसजीसँग २८ वर्षीय नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । पछिल्लो साता नेयमारले नै पीएसजीमा बस्ने चाहना रहेको बताएपछि […]

48 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारसँग नयाँ सम्झौता लम्ब्याउन तयार भएको छ ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियानार्दोले आफ्नो टोलीका महत्वपुर्ण खेलाडी नेयमारको नयाँ सम्झौताको प्रक्रिया सुरु भएको बताएका छन् । पीएसजीसँग २८ वर्षीय नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । पछिल्लो साता नेयमारले नै पीएसजीमा बस्ने चाहना रहेको बताएपछि क्लबले पनि सम्झौताका विषय अघि बढाएको हो ।

२०१७ मा क्याटलान क्लब बार्सिलोनाबाट विश्व कीर्तिमानी मुल्य १९८ मिलियन पाउन्डमा पीएसजी आएका नेयमार अर्काे वर्ष नै बार्सिलोना फर्कन चाहेको समाचार बाहिर आएको थियो । पछिल्लो दुई सिजन नै उनले बार्सिलोना फर्कने मनासय बनाएपनि दुई क्लबबीच निष्कर्ष निस्कन नसक्दा नेयमारको सरुवा हुन सकेको थिएन ।

एक साता अघि नै नेयमारले बार्सिलोना जाने यात्रामा पुर्णविराम लागेको बताएका थिए । उनले पीएसजीसँग साताको ६ मिलियन पाउण्ड तलवको नयाँ सम्झौतालाई नै निरन्तरता दिने भएका छन ।

नेयमारको उच्च प्रदर्शनमा पीएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको थियो । पहिलोपटक फाइनल प्रवेश गरेको पीएसजी फाइन्लमा बायर्नसँग १–० ले पराजित भएको थियो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.