default_image

3 years ago

November 11, 2020

नेदरल्यान्ड्स र स्पेन भिड्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज (बुधबार) राति नेदरल्यान्ड्स र स्पेनबच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे योहान क्रुएफ एरिनामा हुनेछ । घरेलु मैदानमा नेदरल्यान्ड स्पेनलाई हराउँदै नेसन्स लिगको बाँकी दुई खेलको लागि तयार रहेको संकेत दिन चाहन्छ । पछिल्लो चार खेलमा जित निकाल्न नसकेको नेदरल्यान्ड स्पेनलाई हराउदै जितको लय पक्रने योजनामा […]

69 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज (बुधबार) राति नेदरल्यान्ड्स र स्पेनबच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे योहान क्रुएफ एरिनामा हुनेछ ।

घरेलु मैदानमा नेदरल्यान्ड स्पेनलाई हराउँदै नेसन्स लिगको बाँकी दुई खेलको लागि तयार रहेको संकेत दिन चाहन्छ । पछिल्लो चार खेलमा जित निकाल्न नसकेको नेदरल्यान्ड स्पेनलाई हराउदै जितको लय पक्रने योजनामा हुनेछ । इटाली र मेक्सिकोसँग समन १–० ले पराजित भएको नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्ज गोभिनासँग गोलरहित बराबरी खेल्दा इटालीसँगै १–१ गोलको बराबरी खेलेको थियो ।

स्पेनविरुद्ध टोलीमा मेम्फिस डिपाए, रायन बावेल, जर्जिन्हो वाइनाल्डम, डोनी भान डि बिक, नाथन एके, स्टेफन डि भर्ज, हान्स हाटेनबोइर, लुक डि जोङ, फ्रान्की डि जोङ र गोलरक्षक जस्पर सेलेसन हुनेछन् । चोटका कारण नियमित कप्तान भर्जिल भान डाइक टोलीमा हुनेछैनन् ।

यता, स्पेन पनि घरेलु टोली नेदरल्यान्ड्सलाई हराउने लक्ष्यमा हुनेछ । औसतको प्रदर्शन गरिरहेको स्पेनको पछिल्लो ५ खेलको नजिता हेर्दा टोलीले दुई जित, दुई बराबरी र एक हारको नतिजा आत्मसात गरेको छ । गत महिना नेसन्स लिगमा स्पेन डेनमार्कसँग १–० ले स्तब्ध भएको थियो । स्पेन सोही हारको पीडालाई नेदरल्यान्ड्सविरुद्ध बिर्साउने दाउमा हुनेछ ।

टोलीमा झन्डै दुई वर्षपछि फरवार्ड अल्भारो मोराटाले पूनरागमन गरेका छन् । मार्काेस लोरेन्टे, ड्यानियल ओल्मो, मिकेल मोरेनो, रोड्री, सर्जियो केनालेस, जोश गाया, पाउ टोरेस, सर्जियो रामोस, जेसस नाभास र गोलरक्षक डेभिड हे गेया टोलीमा रहेका छन् । फेरान टोरेस, एडमा ट्राओरे, सर्जियो बुस्क्वेट्स र कोकी पनि टोलीमा रहेका छन् । चोटका कारण युवा स्टार मिडफिल्डर अन्सु फाती टोलीमा हुनेछैनन् ।

मैत्रीपुर्ण खेलपछि नेदरल्यान्ड्सले नेसन्स लिगमा बोस्निया हर्जगोभिनासँग १५ नोभेम्वरमा तथा १९ नोभेम्वरमा पोल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेसन्स लिग ‘ए’ १ मा रहेको नेदरल्यान्ड्स ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पोल्यान्ड ७ अंकसहित शीर्षस्थानमा तथा इटाली ६ जोडेर दोस्रो स्थानमा रहेको छ । बोस्निया २ अंकसहित पुछारमा छ ।

मैत्रीपुर्ण खेलमा नेसन्स लिग ‘ए’ को ४ मा रहेको स्पेनले १५ नोभेम्वरमा स्वीट्जरल्यान्डसँग तथा १८ नोभेम्वरमा जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ । स्पेन ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । जर्मनी र युक्रेनको समान ६ अंक छ । स्वीट्जरल्यान्डको २ अंक छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.