default_image

3 years ago

November 11, 2020

फ्रान्स फिनल्यान्डसँग खेल्दै

एजेन्सी – विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज राति फिनल्यान्डसँग खेल्दैछ । खेल पार्क डि प्रिन्सेसमा नेपाली समयअनुसार राति १ः५५ बजे हुनेछ । यो मैत्रीपुर्ण खेललाई नेसन्स लिगको समूह चरणको बाँकी रहेको दुई खेलको तयारीको रुपमा हेरिएको छ । फ्रान्सले नेसन्स लिगमा यसै साता पोर्चुगल र स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ । सोही खेललाई मध्यनजर गर्दै फ्रान्स […]

62 views

0 Bookmark

एजेन्सी – विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज राति फिनल्यान्डसँग खेल्दैछ । खेल पार्क डि प्रिन्सेसमा नेपाली समयअनुसार राति १ः५५ बजे हुनेछ ।

यो मैत्रीपुर्ण खेललाई नेसन्स लिगको समूह चरणको बाँकी रहेको दुई खेलको तयारीको रुपमा हेरिएको छ । फ्रान्सले नेसन्स लिगमा यसै साता पोर्चुगल र स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ ।

सोही खेललाई मध्यनजर गर्दै फ्रान्स आत्मविश्वासका साथ फिनल्यान्डविरुद्ध मैदान उत्रनेछ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको छ । यस क्रममा फ्रान्सले १० जित र २ बराबरीको नतिजा निकालेको छ ।

फ्रान्स टर्कीसँग १–१ गोलको तथा पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो । तर, फ्रान्ससँग आफ्नो मुख्य फरवार्ड केलियन एमबाप्पे हुनेछैन । एमबाप्पे चोटका कारण मैदान बाहिर रहेका छन् ।

टोलीसँग एन्टोइन ग्रिजमन, ओलिभर जिरुउड, विसाम विन यडर, मार्कुस थुराम लगायतका खेलाडीहरु रहेका छन् । यस्तै पल पोग्वा, एड्रियन राबिओट, स्टेभेन एनजोन्जी, कोरेन्टिन टोलिसो, लुकास डिग्ने, राफायल भरान, क्लेमेन्ट लेङलेट र ह्युगो लोरिस रहनेछन् ।

यता फिनल्यान्ड पनि फ्रान्सलाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग टिमु पुक्की, फेडरिक जेन्सेन, टिम स्पार्भ, ग्लेन कामरा र रोबर्ट टेलर जस्ता खेलाडी रहेका छन् । फिनल्यान्ड पछिल्लो दुई खेलमा अपराजित रहेको छ । टोलीले बुल्गेरिया र आयरल्यान्डलाई हराएको थियो ।

मैत्रीपुर्ण खेल

रोमानियाविरुद्ध बेलारुस (राती १०ः४५ बजे), टर्कीविरुद्ध क्रोएसिया (राती ११ः३० बजे), ग्रीसविरुद्ध साइप्रस (राती ८ः३० बजे), अल्वानियाविरुद्ध कोसोभो (राती ८ः४५ बजे)

लिथुआनियाविरुद्ध फारोइ आइल्यान्ड (राती १०ः४५ बजे), माल्टाविरुद्ध लिचेस्टाइन (राती १०ः४५ बजे), मोन्टेनेग्रोविरुद्ध काजकस्तान (राती १०ः४५ बजे), नर्वेविरुद्ध इजरायल (राती १०ः४५ बजे)

सानमारिनोविरुद्ध लात्भिया (राती १०ः४५ बजे), बुल्गेरियाविरुद्ध जिब्राल्टार (राती ११ः१५ बजे) डेनमार्कविरुद्ध स्वीडेन (राती १२ः१५ बजे), लक्जेमवर्गविरुद्ध अष्ट्रिया (राती १२ः१५ बजे), बेल्जियमविरुद्ध स्वीट्जरल्यान्ड (राती १ः३० बजे), जर्मनीविरुद्ध चेक रिपब्लिक (राती १ः३० बजे)

इटालीविरुद्ध इस्टोनिया (राति १ः३० बजे), नेदरल्यान्ड्सविरुद्ध स्पेन (राति १ः३० बजे), पोल्यान्डविरुद्ध युक्रेन (राति १ः३० बजे), पोर्चुगलविरुद्ध एन्डोरा (राति १ः३० बजे) र फ्रान्सविरुद्ध फिनल्यान्ड (राति १ः५५ बजे)

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.