default_image

3 years ago

November 11, 2020

पोर्चुगललाई एन्डोराको चुनौती

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज राति युरो तथा नेसन्स लिग च्याम्पियन पोर्चुगलले घरेलु मैदानमा एन्डोरासँग प्रतिस्पार्धा गर्दै छ । खेल लिसोवामा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । घरेलु मैदानमा पोर्चुगल एन्डोरामाथि सहज जित निकाल्दै नेसन्स लिगको समूह चरणको बाँकी दुई खेलको लागि तयार रहेको संकेत दिन चहान्छ । टोलीका कप्तान तथा स्टार फरवार्ड […]

46 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज राति युरो तथा नेसन्स लिग च्याम्पियन पोर्चुगलले घरेलु मैदानमा एन्डोरासँग प्रतिस्पार्धा गर्दै छ ।

खेल लिसोवामा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । घरेलु मैदानमा पोर्चुगल एन्डोरामाथि सहज जित निकाल्दै नेसन्स लिगको समूह चरणको बाँकी दुई खेलको लागि तयार रहेको संकेत दिन चहान्छ ।

टोलीका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले चोटका कारण एन्डोराविरुद्ध खेल्ने सम्भावना न्युन रहेको छ । रोनाल्डो नभएपनि टोलीसँग युवा स्टार खेलाडीहरुको बाहुल्यता रहेको छ ।

डिएगो जोटा, जोआओ फेलिक्स, बर्नाडो सिल्भा, आन्द्रे सिल्भा, ड्यानियल पोडेन्स, ट्रिन्काओ, रुवेन नेभेस, ब्रुनो फर्नान्डेस, विलियम कार्भाल्हो, जोओ मौटिन्हो, रुवेन डियास, नेल्सन सेमेडो ररुइ प्याट्रिसियो जस्ता खेलाडीहरुको साथ रहेको छ ।

एन्डोरासँग दुई खेल खेल्दा दुवैमा जित निकालेको पोर्चुगल सोही जितलाई निरन्तरता दिने दाँउमा हुनेछ । मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ ३ मा रहेको पोर्चुगलले दुई महत्वपुर्ण खेलमा फ्रान्स र क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । फ्रान्ससँग घरेलु मैदानमा १५ नोभेम्बरमा तथा क्रोएसियासँग १८ नोभेम्बरमा पोर्चुगलले प्रतिस्पर्धा गदैछ ।

समूहमा अपराजित रहेको पोर्चुगलको ४ खेलबाट १० अंक रहेको छ । अपराजित नै रहेको फ्रान्सको पनि १० अंक रहेको छ । क्रोएसियाको ३ तथा स्वीडेन अंक विहीन छ । यता, एन्डोरा पनि पोर्चुगललाई हराउने लक्ष्यमा हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.