default_image

3 years ago

November 12, 2020

‘मेस्सीसहितको बार्सिलोना उत्कृष्ट’

एजेन्सी – रोनाल्ड कोम्यान प्रशिक्षकका रुपमा पुग्दा बार्सिलोनाको अवस्था सन्तोषजनक थिएन । टोलीले केहि अघि मात्र च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरको थियो । त्यस्तै टोलीका सुपर स्टार लोओनल मेस्सी क्लब छाड्न चाहिरहेका थिए । तर, पछि क्लबसँग थप विवाद नगर्ने भन्दै मेस्सी कम्तीमा सम्झौता हुँदा सम्म क्लबमै रहने निर्णय गरे । […]

43 views

0 Bookmark

एजेन्सी – रोनाल्ड कोम्यान प्रशिक्षकका रुपमा पुग्दा बार्सिलोनाको अवस्था सन्तोषजनक थिएन । टोलीले केहि अघि मात्र च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरको थियो । त्यस्तै टोलीका सुपर स्टार लोओनल मेस्सी क्लब छाड्न चाहिरहेका थिए ।

तर, पछि क्लबसँग थप विवाद नगर्ने भन्दै मेस्सी कम्तीमा सम्झौता हुँदा सम्म क्लबमै रहने निर्णय गरे । मेस्सीको त्यो निर्णयले बार्सिलोनालाई राहत मिलेको थियो । डच प्रशिक्षकले क्लब सम्हालेदेखि नै मेस्सीमाथि विश्वास देखाउँदै आएका छन् ।

सिजन अघि बढ्दै जाँदा उनको प्रदर्शनमा सुधार हुने आशा गर्दै कोम्यानले क्लब प्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए । समर्थकलाई पनि उनले आश्वस्त पार्न चाहेको उनको बुझाई थियो । ‘जित्न चाहने खेलाडीका रुपमा मैले मेस्सीलाई बुझेको छ । उनी आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिन प्रयास रहनेछन् । यद्दपी क्लबसँग उनका केहि समस्या थिए,’ कोम्यानले भने,’ बार्सिलोना मेस्सी विना भन्दा उनीसहित हुँदा बढी उत्कृष्ट रहन्छ ।’

आफू क्लबमा पुग्दाको अवस्था स्मरण गर्दै कोम्यानले भने, ‘जति बेला म यहाँ आइपुगेको थिए । त्यती बेला आफु खुसी नरहेको मेस्सीले बताएका थिए । हामीले उनकै घरमा कुराकानी गरेको थियौं । उनले इमान्दारीपूर्वक समस्याको कारण पनि बताएका थिए ।’

कोम्यानले क्लबसँगको सम्बन्धका विषयमा केहि गर्न नसक्ने पनि त्यति बेलै प्रष्ट पारेको बताए ।’मैले उनलाई भनेको थिए फुटबल मात्र मैले परिवर्तन गर्न सक्छु । जुन पद्धतीमा हामी खेलिरहेका छौं त्यसमा मैस्सीको भूमिका महत्वपूर्ण छ । तर क्लबसँगको समस्या मैले परिवर्तन गर्न सक्दिन,’ उनले थपे ।

‘पहिलो दिनदेखि नै म आफ्नो भनाईमा प्रष्ट छु । उनी उत्कृष्ट छन् र क्लब प्रति प्रतिबद्ध छन् । सिजनको सुरुवातमा उनको समस्या थियो । तर जति बेला उनी प्रशिक्षणमा फर्के त्यो समय निकै खुसी थिए ।’

नयाँ सिजनका केहि खेलमा मेस्सीका लागि दुर्भाग्यपूर्ण रहेको कोम्यानले बताए । ‘उनले आफ्नो नियमित प्रदर्शन गर्न नसक्नु दुर्भाग्य हो,’ उनले भने, ‘तर मलाई विश्वास छ सिजनको अन्तिम सम्म पुग्दा उनी पुरानै शैलीमा गोल गर्ने छन् ।’

च्याम्पियन्स लिगमा बार्सिलोना समूह चरणमा शीर्षस्थानमा भए पनि ला लिगामा भने टोलीको प्रदर्शन सन्तोषजनक छैन । रेफ्रीका केहि निर्णयलाई लिएर पनि कोम्यानले आलोचना गरेका थिए । त्यहि कारण आफ्नो टोलीले केहि अंक गुमाएको उनको बुझाई छ ।

‘हामी छवि परिवर्तनका लागि सक्षम छौं । हामीले गरेको परिवर्तनले समूहका खेलमा राम्रो पनि भएइको छ ,’ उनले भने, ‘खेलाडीले आफ्नो तर्फबाट पूरा प्रयास गरेको छन् । प्रतिबद्ध छनन् । अभ्यासमा पनि हामीले बढी मेहनत गरिरहका छौं र खेलमा पनि राम्रो हुँदैछ ।’

ला लिगामा केहि अंक गुमाएपनि आउने दिनमा नतिजामा सुधार हुने कोम्यानको विश्वास छ । रेफ्रीको निर्णयले केहि खेलमा प्रभाव पारेको क्योमान बताउँछन् । ‘हामीले पनि सुधार गर्न जरुरी छ र मेहनत गर्नुपर्ने हुन्छ । अहिले विश्रामको समय छ,’ उनले थपे, ‘युरोपियन पुनः सुरु हुँदा हामीले धेरै खेल्नुपर्ने खेलतालिका छ ।’

चोट कारण टोलीका प्रभावशाली युवा खेलाडी अन्सु फाती ४ महिना मैदान बाहिर रहनेछन् । जसले गर्दा टोलीमा असर पर्ने देखिन्छ । तर जनवरीमा नयाँ खेलाडी भित्राउने योजनामा बार्सिलोना छैन ।
‘खेलाडी चोटग्रस्त भएपनि हामीले अन्य खेलाडी ल्याउने सोच छैन ।

क्लबसँग पनि यो विषयमा छलफल भइसकेको छ । हामीसँग उपलब्ध विकल्प नै प्रयोग गर्ने हो,’ उनले भने, ‘हामी फरवार्ड र सेन्टर ब्याकमा हेरिरहेका छौं । बाँकी सबै उस्तै हुन्छ ।’

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.