default_image

3 years ago

November 12, 2020

एन्डोरामाथि पोर्चुगलको ७ गोल

एजेन्सी – पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा एन्डोरामाथि सानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगल ७-० ले विजयी भएको हो । प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा उतारेको खेलमा पोर्चुगलले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ५ गोल थप्न सफल भएको थियो । पोर्चुगलका लागि पाउलिन्होले २ गोल गर्दा […]

52 views

0 Bookmark

एजेन्सी – पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा एन्डोरामाथि सानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगल ७-० ले विजयी भएको हो ।

प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा उतारेको खेलमा पोर्चुगलले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ५ गोल थप्न सफल भएको थियो । पोर्चुगलका लागि पाउलिन्होले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, पेड्रो नेटो र रेनाटो सान्चेसले १-१ गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।

पोर्चुगललाई पहिलो हाफको आठौं मिनेटमा पेड्रो नेटोले अग्रता दिलाए । उनले सर्जियो ओलिभिएरको पासमा गोल गरेका थिए ।२९ औं मिनेटमा पाउलिन्होले अग्रता दोब्बर पारे । नेल्सन सेमेडोको पास सदुपयोग गर्दै उनले पोर्चुगललाई पहिलो हाफमा २-० ले अघि बढाए ।

दोस्रो हाफमा प्रशिक्षक सान्तोषले नेटोको स्थानमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए । रोनाल्डोले दोस्रो हाफमा आफ्नो प्रभाव देखाउँदै फराकिलो जिततर्फ अग्रसर गराए ।

रोनाल्डोकै पासमा ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोल गरेपछि पोर्चुगल सहज जिततर्फ उन्मुक भएको थियो । ६१ औं मिनेटमा पाउलिन्होले मारिओ रुइको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७६ औं मिनेटमा एन्डोराका गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगल ५-० ले अघि बढ्यो ।

रोनाल्डोले ८५ औं मिनेटमा गोल गर्दै पोर्चुगलको आधा दर्जन गोल पूरा गरे । उनले पनि मारियोकै पासको सदुपयोग गरे । दुई मिनेट समय बाँकी रहँदा सिकेराको पासमा जोआओ फेलिक्सले गोल गर्दै ७-० को जित पक्का गरे ।

पोर्चुगलले अब नेसन्स लिग ‘ए’ ३ मा दुई महत्वपुर्ण खेलमा फ्रान्स र क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्ससँग घरेलु मैदानमा १५ नोभेम्बरमा तथा क्रोएसियासँग १८ नोभेम्बरमा पोर्चुगलले प्रतिस्पर्धा गदैछ ।

समूहमा अपराजित रहेको पोर्चुगलको ४ खेलबाट १० अंक रहेको छ । अपराजित नै रहेको फ्रान्सको पनि १० अंक रहेको छ । क्रोएसियाको ३ तथा स्वीडेन अंक विहीन छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.