default_image

3 years ago

November 12, 2020

बात्सुयाईको दुई गोलमा बेल्जियमको जित

एजेन्सी – मिचे बात्सुयाईको दुई गोल सहयोगमा शीर्ष वरीयतामा रहेको बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा बेल्जियमले स्वीट्जरल्यान्डमाथि २–१ को पूनरागमन जित हात पारेको हो । किङ पावर डिन ड्रिफमा बुधबार राति भएको खेलमा घरेलु टोली बेल्जियम खेलको १२औं मनेटमा एडमिर मेमेदीको गोलमा पछि परेको थियो । पहिलो हाफमा १–० […]

38 views

0 Bookmark

एजेन्सी – मिचे बात्सुयाईको दुई गोल सहयोगमा शीर्ष वरीयतामा रहेको बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा बेल्जियमले स्वीट्जरल्यान्डमाथि २–१ को पूनरागमन जित हात पारेको हो ।

किङ पावर डिन ड्रिफमा बुधबार राति भएको खेलमा घरेलु टोली बेल्जियम खेलको १२औं मनेटमा एडमिर मेमेदीको गोलमा पछि परेको थियो । पहिलो हाफमा १–० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो ।

४८औं मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले युरी टिलेमान्सको पासमा बराबरी गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा बात्सुयाईले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–१ ले अघि बढाए । बात्सुयाईले यसपटक थोमस फोकेटको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा बेल्जियम विजयी हुन सफल भयो । अब बेल्जियमले नेसन्स लिग ‘ए’ २ मा इंग्ल्यान्ड र डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । बेल्जियम ९ अंकसहित शीर्षस्थानमा छ । डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक छ । आइसल्यान्ड अंकविहीन छ ।

यस्तै स्वीट्जरल्यान्डले नेसन्स लिग ‘ए’ २ मा स्पेन र युक्रेनसँग खेल्दैछ । समूहमा स्वीट्जरल्यान्ड २ अंक जोडेर पुछारमा छ । स्पेनको ७ तथा जर्मनी र युक्रेनको समान ६ अंक छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.