default_image

3 years ago

November 12, 2020

इटालीको सानदार जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले इस्टोनियामाथि सानदार जित हात पारेको छ । इटालीले घरेलु मैदानमा इस्टोनियामाथि ४–० को सानदार जित हात पारेको हो । इटालीको सानदार जितमा भिनसेन्जो ग्रिफोले दुई तथा फेडरिको बर्नार्डेस्की र रिकार्डाे ओर्साेलिनीले समान एक-एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो । आर्टेमियो फ्रान्ची फिरेन्जीमा […]

30 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले इस्टोनियामाथि सानदार जित हात पारेको छ । इटालीले घरेलु मैदानमा इस्टोनियामाथि ४–० को सानदार जित हात पारेको हो ।

इटालीको सानदार जितमा भिनसेन्जो ग्रिफोले दुई तथा फेडरिको बर्नार्डेस्की र रिकार्डाे ओर्साेलिनीले समान एक-एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो । आर्टेमियो फ्रान्ची फिरेन्जीमा बुधबार राति भएको खेलको १४औं मिनेटमा केभिन लासाग्नाको पासमा भिनसेन्जो ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

२७औं मिनेटमा फेडरिकोले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । ७५औं मिनेटमा ग्रिफोले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा रिकार्डाेले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई ४–० को सानदार जित दिलाए । इस्टोनियाले कुनै पनि समय इटालीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

अब इटालीले नेसन्स लिग ‘ए’ १ मा पोल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लिग ‘सी’ २ मा इस्टोनियाले नर्थ म्यासेडोनिया र जर्जियासँग प्रतिस्पर्धा गर्दैछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.