default_image

3 years ago

November 12, 2020

स्पेन र नेदरल्यान्ड्सको बराबरी

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र नेदरल्यान्डले बराबरी खेलेका छन् । योहान क्रुएफ एरिनामा बुधबार राति भएको खेल १–१ गोलको बराबरीमा टुगिंएको हो । पाहुना टोली स्पेनले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको नवौं मिनेटमा जेरार्ड मोरेनोको प्रहार क्रसबारमा लागेर बाहिरिदा स्पेन अग्रता लिनबाट चुक्यो । १९औं […]

42 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र नेदरल्यान्डले बराबरी खेलेका छन् । योहान क्रुएफ एरिनामा बुधबार राति भएको खेल १–१ गोलको बराबरीमा टुगिंएको हो ।

पाहुना टोली स्पेनले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको नवौं मिनेटमा जेरार्ड मोरेनोको प्रहार क्रसबारमा लागेर बाहिरिदा स्पेन अग्रता लिनबाट चुक्यो ।

१९औं मिनेटमा सर्जियो केनालेसको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गर्न सफल भएका थिए । लगत्तै लुक डि जोङ गोल गर्न असमर्थ हुदा नेदरल्यान्ड बराबरीबाट चुक्यो ।

३४औं मिनेटमा केनालेसका पासमा मोराटाको प्रहारमा गोलरक्षक मार्काे विजोट बिट भएपनि गोललाइनबाट डाले ब्लिन्डले बचाए । रिवाउन्डमा मार्काे एसेन्सियोले मौका पाएपनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफको शुरुमै घरेलु टोलीले खेललाई बराबरीमा ल्याए । ओवेन विज्नाल्डलको पासमा डोनी भान डि बिकले बराबरी गोल फर्काए । ६०औं मिनेटमा मोराटाको पासमा जेरार्ड मोरेनोले छाडेको बललाई कप्तानी गरिरहेका कोकीको क्लोज रेन्जबाटको भली प्रहार थोरै बाहिरिदा स्पेनले अग्रता लिने अवसर गुमायो ।

६९औं मिनेटमा मेम्फिस डिपाएको प्रहारलाई गोलरक्षक युनाई सिमोनले सहजै नियन्त्रणमा लिए । ८१औं मिनेटमा कर्नरबाट आएको बललाई रोड्रीको फ्लिक प्रहार बाहिरियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुगिंयो ।

दुई वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका अल्भारो मोराटाले आफुले गोल गर्न नसकेपनि एक गोलको लागि असिस्ट दिँदै मन जित्ने खेल पस्किएका थिए ।

नेदरल्यान्ड्सले अब लिग ‘ए’ १ को पाँचौ राउन्डको खेलमा बोस्नियासँग तथा छैटौ राउन्डमा पोल्यान्डसँग प्रतिस्पर्धा गदैछ । यस्तै स्पेनले लिग ‘ए’ ४ मा स्वीट्जरल्यान्ड तथा जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ ।

अन्य नतिजा

ग्रीसविरुद्ध साइप्रस (–१), अल्वानियाविरुद्ध कोसोभो (–१), लिथुआनियाविरुद्ध फारोइ आइल्यान्ड (–१), माल्टाविरुद्ध लिचेस्टाइन (–१), मोन्टेनेग्रोविरुद्ध काजकस्तान (०–०)

रोमानियाविरुद्ध बेलारुस (–३), सानमारिनोविरुद्ध लात्भिया (०–), बुल्गेरियाविरुद्ध जिब्राल्टार (–०), टर्कीविरुद्ध क्रोएसिया (३–३), डेनमार्कविरुद्ध स्वीडेन (–०)

लक्जेमवर्गविरुद्ध अष्ट्रिया (०–), बेल्जियमविरुद्ध स्वीट्जरल्यान्ड (–१), जर्मनीविरुद्ध चेक रिपब्लिक (–०), इटालीविरुद्ध इस्टोनिया (–०), नेदरल्यान्ड्सविरुद्ध स्पेन (१–१),

पोल्यान्डविरुद्ध युक्रेन (–०), पोर्चुगलविरुद्ध एन्डोरा (–०), स्लोभेनियाविरुद्ध अजरवैजान (०–०), फ्रान्सविरुद्ध फिनल्यान्ड (०–) र नर्वेविरुद्ध इजरायल (पोस्टपोन्ड)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.