default_image

3 years ago

November 12, 2020

बंगलादेशमा रहेका एक नेपाली खेलाडीमा कोरोना

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । टोली गत साता बंगलादेश पुगेपछि मंगलबार गरिएको परिक्षणमा टोलीका एक खेलाडीमा संक्रमण देखिएको बंगलादेश फुटबल महासंघले जनाएको छ । यद्यपि टोली बंगलादेश पुगेपछि शुक्रबार गरिएको पहिलो परिक्षणमा भने सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको थियो । हाल संक्रमित […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

टोली गत साता बंगलादेश पुगेपछि मंगलबार गरिएको परिक्षणमा टोलीका एक खेलाडीमा संक्रमण देखिएको बंगलादेश फुटबल महासंघले जनाएको छ । यद्यपि टोली बंगलादेश पुगेपछि शुक्रबार गरिएको पहिलो परिक्षणमा भने सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको थियो । हाल संक्रमित खेलाडी आइसोलेसनमा रहेका छन् ।

नेपाली टोलीमा बंगलादेश प्रस्थान गर्नुअघि नै ३४ सदस्यीय प्रारम्भिक टोलीका ७ खेलाडीमा संक्रमण देखिएको थियो । प्रशिक्षण सुरु हुनुअघि ५ र प्रस्थान गर्नुभन्दा केहि दिन अघि थप दुई खेलाडीमा संक्रमण देखिएको थियो । बंगलादेश प्रस्थान गरेका सबै खेलाडीको रिपोर्ट नेगेटिभ नै आएको थियो ।

नेपालले कार्तिक २८ र मङ्सिर २ गते बंगलादेशविरुद्ध खेल्दैछ । दुवै खेल ढाकास्थित बंगबंधु रंगशालामा हुनेछ । खेल नेपाली समयानुसार साँझ ४:४५ बजे सुरु हुनेछ ।

यो पनि पढ्नुहोस : बंगलादेशको सामना गर्न नेपाल तयार

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.