default_image

3 years ago

November 15, 2020

मेस्सीको पिएसजी सम्पर्क हल्लामात्रै

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी अर्को वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने हल्लालाई उनका बाबुले खण्डन गरेका छन् । मेस्सीले गत सिजनको समाप्तीसँगै बार्सिलोना छाड्ने चाहनासहित क्लबलाई पत्र लेखेका थिए । क्लबका तत्कालिन अध्यक्ष जोसेप मारिया बार्टेमेउसँग सम्बन्ध चिसिएपछि मेस्सीले अर्को क्लब जान चाहेको बताइएको थियो । रिलिज क्लब ७ सय मिलियन युरो […]

19 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी अर्को वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने हल्लालाई उनका बाबुले खण्डन गरेका छन् । मेस्सीले गत सिजनको समाप्तीसँगै बार्सिलोना छाड्ने चाहनासहित क्लबलाई पत्र लेखेका थिए ।

क्लबका तत्कालिन अध्यक्ष जोसेप मारिया बार्टेमेउसँग सम्बन्ध चिसिएपछि मेस्सीले अर्को क्लब जान चाहेको बताइएको थियो । रिलिज क्लब ७ सय मिलियन युरो तिरेमात्र छाड्न सकिने जवाफ आएपछि क्लबसँग थप विवाद गर्न नचाहेको भन्दै मेस्सीले कम्तीमा यो सिजन क्लबमै रहने निर्णय लिएका थिए ।

जब उनले क्लब नछाड्ने निर्णय लिएपछि त्यसपछि उनी क्लबको तयारी र प्रदर्शनमा केन्द्रित भएका थिए । तथापी उनले आउने सिजन क्लब छाड्ने चर्चा भने समय समयमा चल्ने गरेको छ ।

त्यहि क्लबमा इएसपिएलनले अर्को सिजन मेस्सी पिएसजी जाने विषयमा छलफल अघि बढेको दाबी गरेको थियो । तर, तत्काल मेस्सीका बाबु जोर्ज मेस्सीले चर्चालाई खारेज गरेका छन् । ‘कथा बनाउन छाड,’ जोर्गे मेस्सीले ट्विट गरेका छन्, ‘यो सरासर झुट समाचार हो ।’

बार्सिलोनामा यो सिजनको अन्त्यसम्म मेस्सीको सम्झौता छ । जसले गर्दा उनी जनवरीमा जुन सुकै क्लबमा जानका लागि प्रक्रिया अघि बढाउन सक्छन् । प्रिमियर लिग टोली म्यानचेस्टर सिटीले मेस्सी भित्राउन पुन प्रस्ताव राख्ने चर्चा पनि सुरु भइसकेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.