default_image

3 years ago

November 12, 2020

हाफ टाइममा कोरोना पोजेटिभ आएपछि..

एजेन्सी – कोरोना भाइरस संक्रमणले पछिल्लो समय सारा विश्व नै समस्यामा छ । अन्तर्राष्ट्रिय स्तरमा खेलकुद गतिविधिले गति लिइसक्दा नेपालमा भने खेलकुद सुचारु गर्न प्रारम्भिक तयारी सुरु हुँदैछ । नेपालको राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ । नेपाली टोलीको तयारीमा पनि कोरोनाले निकै असर गर्यो । प्रारम्भिक छनोटमा परेका ३५ खेलाडीमध्य ७ […]

46 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस संक्रमणले पछिल्लो समय सारा विश्व नै समस्यामा छ । अन्तर्राष्ट्रिय स्तरमा खेलकुद गतिविधिले गति लिइसक्दा नेपालमा भने खेलकुद सुचारु गर्न प्रारम्भिक तयारी सुरु हुँदैछ ।

नेपालको राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ । नेपाली टोलीको तयारीमा पनि कोरोनाले निकै असर गर्यो । प्रारम्भिक छनोटमा परेका ३५ खेलाडीमध्य ७ खेलाडी संक्रमणकै कारण नेपालमा रहे । यस्तै एक जना सदस्यमा बंगलादेश पुगेर संक्रमण देखिएको छ ।

तर युरोपमा बुधबार भएको एक मैत्रीपूर्ण खेलमा भने अचम्मको घटना घट्यो । क्रोएसिया र टर्कीबीच भएको मैत्रीपूर्ण खेलमा क्रोएसियाका कप्तान डोमागोज भिडाको हाफ टाइममा कोरोना रिपोर्ट पोजेटिभ आयो । ३-३ को बराबरीमा सकिएको खेलको सुरुवाती रोजाइमा खेल्दै कप्तानी गरेका उनले दोस्रो हाफ भने रिपोर्ट आएपछि मैदान छिरेनन् ।

३१ वर्षीय भिडा टर्कीकै बेसिक्टासबाट व्यावसायिक फुटबल खेल्छन् । सोमबार गरिएको परिक्षणमा उनीसहित टोलीका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो । तर बुधबार विहान गरिएको परिक्षणमा भने उनको रिपोर्ट पोजेटिभ देखियो । हाफ टाइममा मात्र रिपोर्ट आएपछि उनलाई टोलीबाट छुट्टै लगेर आइसोलेसनमा राखिएको छ ।

क्रोएसियाको फुटबल संघले कोरोना पोजेटिभ भएको जानकारी पाउने बितिकै उनलाई छुट्टै ठाउँमा राखिएको जनाएको छ । उनले अब केहि दिन इस्तानबुलमै रहेर आवश्यक प्रक्रिया पुरा गर्नेछन् । क्रोएसियाले शनिबार यूईएफए नेसन्स लिगको खेलमा खेल्दा उनी साथमा हुने छैनन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.