default_image

3 years ago

November 12, 2020

बंगलादेशको सामना गर्न नेपाल तयार

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै एक वर्षपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाली टोली जितको लक्ष्यमा हुनेछ । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै एक वर्षपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाली टोली जितको लक्ष्यमा हुनेछ । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।

‘मैत्रीपुर्ण खेलका लागि हामी (नेपाल) लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरै धेरै धन्यवाद । तर, मैत्रीपुर्ण खेलका लागि हामीले थोरै समय पायौ । तर, खेल्न पाउनु नै ठुलो कुरा हो,’ खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने ।

‘टिमको प्रशिक्षण राम्रो रहेको छ । विश्वकप छनोटको लागि यो खेल तयारी खेल हुनेछ । यो अवस्था निकै चुनौतीपुर्ण अवस्था हो । तर चुनौती सामना गर्न टोली तयार छ ।’

यस्तै प्रशिक्षक महर्जनले केही सिनियर खेलाडी चोट र कोरोनाका कारण टोलीमा नरहेको र बंगलादेशमा पनि एक खेलाडीमा कोरोना देखिएको बताउदै यसले पनि टोलीमा केही प्रभाव पर्न सक्ने थपे ।

यता, टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि फुटबल खेल्न पाउदा उत्साहित रहेको बताए । ‘मैत्रीपुर्ण खेलको लागि तयारी राम्रै रहेको छ । अहिलेको अवस्थामा खेल्न सहज छैन । यो हाम्रो लागि शारीरिक र मानसिक रुपमा तयार रहन राम्रो अवसर हो,’ कप्तान चेम्जोङले भने ।

घरेलु टोली बंगलादेश पनि घरेलु भुमिमा सकरात्मक नतिजा निकाल्ने दाउमा हुनेछ । यसपटक नेपाली फुटबल टिममा आठ नयाँ अनुहार रहेका छन् । दुई खेलको मैत्रीपूर्ण सिरिजको विजेता टोलीले ट्रफी पनि प्राप्त गर्नेछ । यदि दुवै खेल बराबरीमा सकिएको खण्डमा दोस्रो खेलको अन्त्यमा पेनाल्टी सुटआउट हुनेछ ।

नेपालले बंगलादेशसँग अन्तिम पटक २०१८ मा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले विजयी रहेको थियो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.