default_image

3 years ago

November 12, 2020

विश्वकप छनोटमा अर्जेन्टिना र पाराग्वे भिड्दै

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो चरणको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग खेल्दैछ । अर्जेन्टिनाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार शुक्रबार विहान ५:४५ बजे सुरु हुनेछ । छनोटमा लगातार दुई जित दर्ता गरेको अर्जेन्टिना लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा हनेछ । पहिलो खेलमा इक्वेडरलाई हराएको अर्जेन्टिनाले दोस्रो […]

36 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो चरणको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग खेल्दैछ । अर्जेन्टिनाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार शुक्रबार विहान ५:४५ बजे सुरु हुनेछ ।

छनोटमा लगातार दुई जित दर्ता गरेको अर्जेन्टिना लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा हनेछ । पहिलो खेलमा इक्वेडरलाई हराएको अर्जेन्टिनाले दोस्रो खेलमा भने बोलिभियाको मैदानमा जित हासिल गरेको थियो ।

पाराग्वेले पनि छनोटमा हारको सामना गर्नुपरेको छैन । पहिलो खेलमा पेरुसँग २-२ को बराबरीमा रोकिएको पराग्वेले दोस्रो खेलमा भने भेनेजुएलालाई हराएको थियो । अर्जेन्टिनाको मैदानमा पाराग्वेका प्रशिक्षकले सचेत भएर खेल्नुपर्ने बताउँदै आफ्नो डिफेन्स त्यसका लागि तयार रहेको बताएका छन् ।

यता अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले भने कप्तान लिओनेल मेस्सी विश्वकप छनोटका दुवै खेलका लागि फिट रहेको घोषणा गरेका छन् । मेस्सीको एन्कलमा चोट लागेपछि उनले पहिलो खेल गुमाउने शंका रहेको थियो । तर पछिल्लो खेलमा बार्सिलोनाका लागि हाफ टाइमपछि मैदान छिरेका मेस्सीले पूर्ण प्रशिक्षण गरिरहेका छन् ।

छनोटकै अर्को खेलमा इक्वेडरले बोलिभियाको भ्रमण गर्दैछ । खेल विहान १:४५ बजे सुरु हुनेछ । इक्वेडर दोस्रो जितको खोजीमा हुँदा बोलिभिया पहिलो अंक जोड्ने प्रयासमा रहनेछ ।

दक्षिण अमेरिकी छनोटको अंक तालिकामा ब्राजिल २ जितसहित ६ अंक जोडेर शीर्षस्थानमा छ । समान अंक जोडेपनि गोलअन्तरमा अर्जेन्टिना पछि छ । कोलोम्बियाले पनि २ खेलमा ४ अंक जोड्दै पाराग्वेलाई गोल अन्तरमा पछि छाडेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.