default_image

3 years ago

November 13, 2020

इंग्ल्यान्डको सानदार जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इंग्ल्यान्डले आयरल्यान्डमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले आयरल्यान्डमाथि ३–० को सहज जित हात पारेको हो । इंग्ल्यान्डको सहज जितमा ह्यारी मिगुएर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । वेम्वली स्टेडियममा बिहीबार राति […]

41 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इंग्ल्यान्डले आयरल्यान्डमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले आयरल्यान्डमाथि ३–० को सहज जित हात पारेको हो ।

इंग्ल्यान्डको सहज जितमा ह्यारी मिगुएर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलको छैटौ मिनेटमा ह्यारी मिङ्स चुक्दा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । त्यसमै प्राप्त अवसरमा जाडोन सान्चो पनि चुके ।

१८औं मिनेटमा ह्यारी विङ्सको पासमा ह्यारी मिगुएरले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । ३१औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । उनले ज्याक ग्रेयलिसको पासलाई सदुपयोग गरेका थिए ।

५६औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे । साइरस क्रिस्टिले पेनाल्टी बक्समा बुकायो साकालाई लडाएपछिको प्राप्त पेनाल्टीमा लेविन चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्डको सहज जित सम्भव भयो । आयरल्यान्डले कुनै पनि समय घरेलु टोलीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

अब इंग्ल्यान्डले नेसन्स लिगमा बेल्जियम र आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लिग ‘ए’ २ मा इंग्ल्यान्ड ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बेल्जियमको ९ तथा डेनमार्कको ७ अंक छ । आइसल्यान्ड अंकविहीन छ । यस्तै आयरल्यान्डले वेल्स र बुल्गेरियासँग खेल्दैछ ।

अन्य नतिजा

माल्दोभाविरुद्ध रसिया (०–०), जर्जियाविरुद्ध नर्थ म्यासेडोनिया (०–)
हंगेरीविरुद्ध आइसल्यान्ड (–१), नर्दन आयरल्यान्डविरुद्ध स्लोभाकिया (१–),
वेल्सविरुद्ध अमेरिका (०–०)

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.