default_image

3 years ago

November 13, 2020

स्कटल्यान्ड २२ वर्षपछि युरोकपमा छनोट

एजेन्सी – स्कटल्यान्ड अर्काे वर्ष आयोजना हुने युरोकपमा छनोट हुन सफल भएको छ । बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै स्कटल्यान्डले युरोकपमा स्थान सुरक्षित गरेको हो । स्कटल्यान्ड १९९८ पछि कुनै पनि ठुलो प्रतियोगितामा छनोट हुन सफल भएको हो । यस्तै हंगेरी, नर्थ म्यासेडोनिया र स्लोभाकियाले पनि युरोकपमा स्थान पक्का गरेको छ […]

35 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्ड अर्काे वर्ष आयोजना हुने युरोकपमा छनोट हुन सफल भएको छ । बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै स्कटल्यान्डले युरोकपमा स्थान सुरक्षित गरेको हो ।

स्कटल्यान्ड १९९८ पछि कुनै पनि ठुलो प्रतियोगितामा छनोट हुन सफल भएको हो । यस्तै हंगेरी, नर्थ म्यासेडोनिया र स्लोभाकियाले पनि युरोकपमा स्थान पक्का गरेको छ । यससँगै युरोकपमा सहभागी हुनै सबै २४ टोलीको टुंगो लागेको छ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा तथा थप ३० मिनेटको खेलमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा स्कटल्यान्डले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा स्कटल्यान्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे ।

सर्वियाका डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गर्दा अन्तिम पेनाल्टीमा एलेक्सान्डर मित्रोभिक चुके । त्यसअघि राजको मिटि बियोग्राड सर्वियामा भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५२औं मिनेटमा रायन क्रिस्टिले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाए । उनले कलुम म्याकग्रिगरको पासमा गोल गर्न सफल भएका थिए । ९०औं मिनेटमा स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड लुका जोभिकले गोल गर्दै खेललाई बराबरीमा ल्याउदै सर्वियाको आशा जीवितै बनाएका थिए ।

तर, त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय र पेनाल्टी सुटआउटमा धकेलिएको थियो । यससँगै स्कटल्यान्ड इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक रहेको समूह ‘डी’ मा परेको छ ।

समूह विभाजन

समूह ‘ए’ – टर्की, वेल्स, इटाली र स्वीट्जरल्यान्ड
समूह ‘बी’ – डेनमार्क, बेल्जियम, फिनल्यान्ड र रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, अष्ट्रिया, युक्रेन र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, स्कटल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक
समूह ‘ई’ – स्पेन, पोल्यान्ड, स्वीडेन र स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, फ्रान्स, पोर्चुगल र जर्मनी

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.