default_image

3 years ago

November 13, 2020

अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिएको छ । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो । खेलको २१ औं मिनेटमा पाराग्वेले अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए […]

44 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिएको छ । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो ।

खेलको २१ औं मिनेटमा पाराग्वेले अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एन्जल रोमेरोले पेनाल्टीमा सहज गोल गर्दै खेलमा पाहुना टोलीलाई अघि बढाए ।

खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो । पहिलो हाफको ३१ औं मिनेटमा एजेकेल पालासिओसको स्थानमा मैदान प्रवेश गरेका जिओभानी लो सेल्सोको कर्नरमा निकोलस गोन्जालेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । लो सेल्सोको पासमा मेस्सीले पहिलो टचमा गरेको प्रहार गोल भएपनि उक्त मुभका क्रममा मिडफिल्डमा डोमिन्गेजबाट फल भएको देखिएपछि गोलले मान्यता पाएन । ७३ औं मिनेटमा मेस्सीकै प्रहारमा गोलरक्षक एन्टोनि सिल्भाले उत्कृष्ट डाइभ बचाउ गरेपछि खेल बराबरी नै रहयो ।

यस बराबरीका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको ३ खेलमा ७ अंक छ । दोस्रो स्थानको ब्राजिलको २ खेलमा ६ अंक छ भने तेस्रोमा रहेको इक्वेडरले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे पनि ३ खेलमा ५ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.