default_image

3 years ago

November 13, 2020

नेपालको सम्भावित सुरुवाती ११

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत पहिलो खेलमा शुक्रबार खेल्दैछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा साँझ ४:४५ बजे सुरु हुनेछ । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले टोलीको जिम्मेवारी सम्हालेका छन् । कोरोना संक्रमण र चोटका कारण केहि नयाँ अनुहारसहित महर्जन बंगलादेश पुगेका छन् । […]

88 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत पहिलो खेलमा शुक्रबार खेल्दैछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा साँझ ४:४५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले टोलीको जिम्मेवारी सम्हालेका छन् । कोरोना संक्रमण र चोटका कारण केहि नयाँ अनुहारसहित महर्जन बंगलादेश पुगेका छन् । आजको खेलमा पनि महर्जनले केहि खेलाडीलाई डेब्यु दिने देखिन्छ । बेन्चबाट मात्र नभएर पहिलो रोजाइमा पनि केहि खेलाडीले डेब्यु गर्ने सम्भावना रहेको छ ।

पहिलो खेल भएको हुनाले पनि महर्जनले सुरुवाती रोजाइमा काउन्टर अट्याकमा खेल्ने जोड दिनेछन् । त्यसैले प्रराम्भिक ४-२-३-१ को संरचना नै नेपालको लागि उचित देखिन्छ । यसो गर्दा आक्रमणमा नेपाल ४-३-३ को सेपमा देखिनेछ भने रक्षात्मक पद्दतिमा ४-५-१ को रणनीति अबलम्बन हुनेछ ।

गोलरक्षकमा टोलीको कप्तान समेत रहेका किरण चेम्जोङ नै रहने पक्का छ । विकल्पमा रहेका विशाल श्रेष्ठ र दीप कार्कीको सुरुवातमा सम्भावना देखिदैन । यद्यपि खेलका दौरान दोस्रो हाफमा नेपाल सहज अवस्थामा रहँदा विशालले अवसर पाउन सक्छन् ।

डिफेन्समा अनन्त तामाङले सेन्टर डिफेन्समा विक्रम लामा अथवा अजित भण्डारीको साथ पाउने देखिन्छ । महर्जनले विक्रमलाई मिडफिल्डमा खेलाउन चाहेमा अजितले अनन्तसँग खेल्नेछन् । लेफ्ट ब्याकमा रजिन धिमाल फिट नभएको अवस्थामा सुमन अर्यालकै उपस्थिति रहनेछ ।

युवा डिफेन्डर विकास खवासले राइट ब्याकमा खेल्ने सम्भावना रहेको छ । उनले खेलेको अवस्थामा राष्ट्रिय टोलीबाट डेब्यु समेत गर्नेछन् । सरोज दाहाल र छिरिङ गुरुङमध्य एकले बेन्चबाट अवसर पाउन सक्छन् । दिलेन लोक्तान पनि डेब्यु गर्ने अवसरको पर्खाइमा हुनेछन् ।

मिडफिल्डमा विक्रम लामा र तेज तामाङ नै खेल्ने लगभग तय छ । आक्रामक मिडफिल्डको दुई विंग्समा अन्जन विष्ट र रवि पासवान रहनेछन् । सुजल श्रेष्ठ पूर्ण फिट नरहेकाले उनले पहिलो खेल बेन्चमा रहनेछन् ।

आक्रामक मिडफिल्डको जिम्मेवारी एरिक विष्ट र सुभास गुरुङमध्य एकले निभाउने छन् । एरिक रक्षात्मक रणनीति र सेट पिसका लागि पनि सुहाउँदो भएकाले उनले डेब्यु गर्ने सम्भावना छ । मिडफिल्डमा विकल्पका रुपमा पुजन उपरकोटी र सेसेहाङ आङदेम्बे पनि रहनेछन् ।

आक्रमणमा नवयुग श्रेष्ठकै सम्भावना छ । भरत खवास पनि आक्रमणका लागि दावेदार छन् तर सुरुवाती रोजाइमा एक मात्र फरवार्ड खेलाउँदा नवयुगकै नाम अघि देखिन्छ । दोस्रो हाफमा महर्जनले खेलको स्थिति अनुसार भरत वा विमल रानालाई प्रवेश गराउन सक्छन् । विंग्समा खेल्नका लागि जर्जप्रिन्स कार्की, दर्शन गुरुङ लगायतको विकल्प पनि रहनेछ ।

सम्भावित ११ : किरण चेम्जोङ : सुमन अर्याल, अजित भण्डारी/विक्रम लामा, अनन्त तामाङ, विकास खवास : विक्रम लामा/एरिक विष्ट, तेज तामाङ : रवि पासवान, एरिक विष्ट/सुभास गुरुङ, अन्जन विष्ट: नवयुग श्रेष्ठ

नेपाली टोली : अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.