default_image

3 years ago

November 13, 2020

राष्ट्रिय टोलीमा विकासको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीबाट बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा युवा डिफेन्डर विकास खवासले डेब्यु गर्ने भएका छन् । प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध पहिलो खेलमा विकासलाई आफ्नो पहिलो रोजाइमा समेट्दै सिनियर टोलीबाट डेब्यु दिएका हुन् । विकास २०७५ सालको ए डिभिजन लिगमा उदियमान खेलाडी घोषित भएका थिए । उनले अघिल्लो सिजन आर्मीका लागि लिग […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीबाट बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा युवा डिफेन्डर विकास खवासले डेब्यु गर्ने भएका छन् ।

प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध पहिलो खेलमा विकासलाई आफ्नो पहिलो रोजाइमा समेट्दै सिनियर टोलीबाट डेब्यु दिएका हुन् । विकास २०७५ सालको ए डिभिजन लिगमा उदियमान खेलाडी घोषित भएका थिए । उनले अघिल्लो सिजन आर्मीका लागि लिग अवधिभर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

विकास आर्मीको यू-१८ टोली हुँदै आर्मीको सिनियर टोलीसम्म पुगेका हुन् । उनले यू-१२ उमेर समूहदेखि नै एन्फा एकेडेमीबाट खेलेका हुन् । मोरङका विकास गत वर्ष नेपालले १३ औं सागमा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए । यसबाहेक उमेर समूहको अन्य टोलीमा पनि विकासले खेल्दै आएका छन् ।

विकाससँगै आज डिफेन्समा सुमन अर्याल, अनन्त तामाङ र अजित भण्डारीले खेल्नेछन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ रहेका छन् । मिडफिल्डमा विक्रम लामा र तेज तामाङले रक्षात्मक भूमिका निर्वाह गर्नेछन् । आक्रामक मिडफिल्डमा सुजल श्रेष्ठ, रवि पासवान र अन्जन विष्ट रहेका छन् । नवयुग श्रेष्ठले नेपालको आक्रमण सम्हाल्नेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.