default_image

3 years ago

November 14, 2020

नेयमार र बार्सिलोनाबीच विवाद जारी

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार पूर्व क्लब बार्सिलोना फर्कने सम्भावना कमजोर भइसकेको छ । तर, उनको र बार्सिलोनाबीचको प्रसंग भने पटक पटक बाहिरिने गरेको छ । एउटा सरुवाको विषय र अर्को कानुनी लडाई । यी दुई पक्षबीच ४४ मिलियन युरोका विषयमा कानुनी लडाई चलिरहेको छ । नेयमारका वकिलले बार्सिलोनासँग ४४ […]

47 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार पूर्व क्लब बार्सिलोना फर्कने सम्भावना कमजोर भइसकेको छ । तर, उनको र बार्सिलोनाबीचको प्रसंग भने पटक पटक बाहिरिने गरेको छ ।

एउटा सरुवाको विषय र अर्को कानुनी लडाई । यी दुई पक्षबीच ४४ मिलियन युरोका विषयमा कानुनी लडाई चलिरहेको छ । नेयमारका वकिलले बार्सिलोनासँग ४४ मिलियन युरो माग गरेका छन् ।

नेयमारले अघि पनि प्रतिनिधिमार्फत जुनमा अपिल गरेका थिए । तर त्यति बेला उनले नै बार्सिलोनलाई ६.७ मिलियन युरो तिर्नु पर्ने देखिएको थियो । सञ्चारमाध्यमहरुका अनुसारले पूर्व क्लबसँग ६० मिलियन युरोको माग गरेका छन् ।

अहिले पनि उनले क्लब छाड्नुअघिको सहमति अनुसार बोनसका रुपमा ४४ मिलियन युरो पाउने पर्ने थियो । नेयमार सन् २०१७ मा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । नेयमारले बार्सिलोना छाड्दा उनले पारिश्रमिक मात्र पाएको बताइन्छ । अब नेयमार र बार्सिलोनाबीचको मुद्दालाई क्याटोलोनियको उच्च अदालतले गर्नेछ ।

कानुनी लडाईं मुख्यत बोनसका रुपमा रहेको २६ मिलियन युरोका विषयमा रहेको छ । २०२१ सम्म नेयमार र बार्सिलोनाबीच भएको सम्झौतामा बोनसका विषयमा उल्लेख गरिएको थियो । तर, उनी पिएसजी गए त्यसपछि बार्सिलोनाले बोनस रकम नदिएको बताइएको छ ।

सुरुवाती दिनमा पिएसजीमा खुसी हुन नसकेका नेयमार पुनः बार्सिलोना फर्कने चर्चा चलेको थियो । पटक पटक भएका प्रयास असफल भएका थिए । पछिल्लो समय कोरोनाका कारण आर्थिक अवस्था बिग्रिएपछि बार्सिलोनाले नेयमारलाई फर्काउने प्रयास छाडेको छ । नेयमार पनि पिएजसीमै सम्झौता नविकरणका लागि तयार रहेको खबर सार्वजनिक भइसकेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.