default_image

3 years ago

November 16, 2020

बार्सिलोना अध्यक्षको निर्वाचन जनवरीमा

एजेन्सी – बार्सिलोनो अध्यक्षका लागि जनवरी २४ मा निर्वाचन हुने भएको छ । बिहीबार भएको बार्सिलोनाको बार्डले उक्त निर्णय गरेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लामो समय लिएर निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको छ । स्वास्थ्य मापदण्डलाई ख्यामा राख्दै प्रतिस्पर्धीहरुबीच अर्को साता भेट हुँदैछ । निर्वाचनका लागि भिडभाड नगर्ने उद्देश्यका साथ अलग अलग […]

40 views

0 Bookmark

एजेन्सी – बार्सिलोनो अध्यक्षका लागि जनवरी २४ मा निर्वाचन हुने भएको छ । बिहीबार भएको बार्सिलोनाको बार्डले उक्त निर्णय गरेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लामो समय लिएर निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य मापदण्डलाई ख्यामा राख्दै प्रतिस्पर्धीहरुबीच अर्को साता भेट हुँदैछ । निर्वाचनका लागि भिडभाड नगर्ने उद्देश्यका साथ अलग अलग ठाँउमा निर्वाचनका लागि मतपेटिका राख्ने तयारी भइरहेको बताइएको छ ।

बार्सिलोनाको मेनेजिङ बोर्डले अन्तिम १० दिनमा निर्वाचन प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखेको छ । जनवरी २४ निर्वाचनको अन्तिम दिन हुनेछ । औपचारिक रुपमा मिति तय भएपछि अन्तिम ४० दिनमा प्रक्रिया सुरु हुने बताइएको छ ।

अक्टुबर देखि बार्सिलोना नेतृत्व विहिन छ । क्लबको कमजोर प्रदर्शन र अनेक विवादका कारण तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टेमेउले पदबाट राजीनामा दिएका थिए ।

सात उम्मेदवार

क्लबको नयाँ अध्यक्ष परिवर्तन हुने भएपनि आकांक्षीहरुका बारेमा धेरै अघि देखि चर्चा सुरु भएको छ । औपचारिक रुपमा निर्वाचितको मिति घोषणा भएपछि उम्मेदवारको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

अहिले सम्म ७ जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । जसमा जाभी भेलाजोना, भिक्टर फन्ट, टोनी फ्रिक्सा, अगष्टी बेनेडिटो, पेरे रियरा र लुइस फर्नान्डेज अला छन् ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.