default_image

3 years ago

November 13, 2020

नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत शुक्रबार हुने पहिलो खेलको लागि सुरुवाती ११ घोषणा गरेको छ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा साँझ ४:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा भएको हुनाले पनि महर्जनले सुरुवाती रोजाइमा काउन्टर अट्याकमा खेल्ने जोड दिने देखिएको छ । नेपालले प्रारम्भिक ४-२-३-१ […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत शुक्रबार हुने पहिलो खेलको लागि सुरुवाती ११ घोषणा गरेको छ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा साँझ ४:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भएको हुनाले पनि महर्जनले सुरुवाती रोजाइमा काउन्टर अट्याकमा खेल्ने जोड दिने देखिएको छ । नेपालले प्रारम्भिक ४-२-३-१ को संरचनामा उत्रंदैछ । यसो गर्दा आक्रमणमा नेपाल ४-३-३ को सेपमा देखिनेछ भने रक्षात्मक पद्दतिमा ४-५-१ को रणनीति अबलम्बन हुनेछ ।

गोलरक्षकमा टोलीको कप्तान समेत रहेका किरण चेम्जोङ छन् । डिफेन्समा अनन्त तामाङले सेन्टर अजित भण्डारीको साथ पाएका छन् । लेफ्ट ब्याकमा सुमन अर्याल र राइट ब्याकमा विकास खवास खेल्दैछन् । विकासको यो राष्ट्रिय टोलीका लागि पहिलो खेल हो ।

मिडफिल्डमा विक्रम लामा र तेज तामाङ छन्  । आक्रामक मिडफिल्डको दुई विंग्समा अन्जन विष्ट र रवि पासवान रहनेछन् । सुजल श्रेष्ठ पूर्ण फिट नभएपनि उनले फरवार्डको पछाडी रहेर खेल्नेछन् । आक्रमणमा नवयुग श्रेष्ठकै छन् ।

नेपालको सुरुवाती ११ : किरण चेम्जोङ – विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल – विक्रम लामा, तेज तामाङ – रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट – नवयुग श्रेष्ठ

नेपालको बेन्च : एरिक विष्ट, भरत खवास, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ र छिरिङ गुरुङ

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.