default_image

3 years ago

November 13, 2020

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० ले पछि रहेको छ । खेलको सातौँ मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । लगत्तै अर्कोतर्फ विश्वनाथ घोषको लामो थ्रो विकास खवासद्वारा क्लियर भएपनि रिबाउन्डमा आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए । नवौं मिनेटमा नै बंगलादेशले […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० ले पछि रहेको छ ।

खेलको सातौँ मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । लगत्तै अर्कोतर्फ विश्वनाथ घोषको लामो थ्रो विकास खवासद्वारा क्लियर भएपनि रिबाउन्डमा आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए ।

नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । नविद जीवनले गोल गर्दै गह्रेलु टोलीलाई अग्रता दिलाए । बायाँ विन्ग्समा सादले दुई डिफेन्डरलाई छक्याउँदै दिएको लो क्रसलाई जीवनले पहिलो टचमा नै गोल गर्न सफल भए ।

१४ औं मिनेटमा सुजलकै फ्रिकिकमा बंगलादेशी डिफेन्डरले हेडरमार्फत बल क्लियर गरे । १८ औं मिनेटमा अन्जन विष्टले खोसेको बलमा नवयुगले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२१ औं मिनेटमा जीवनको क्रसमा किरण चेम्जोङको डाइभ सफल नहुँदा ब्याकपोस्टमा रहेका विकास खवासले गोलको अवसरलाई क्लियर गरेका थिए । २३ औं मिनेटमा विश्वनाथको लामो थ्रोमा टोपू बर्मनको फ्री हेडर बाहिरिँदा बंगलादेश अग्रता दोब्बर गर्नबाट चुक्यो ।

२५ औं मिनेटमा सुजलको पासमा रवि पासवानको प्रहार पोस्टभन्दा माथि गयो । लगत्तै नवयुगले गरेको फितलो प्रहारलाई डेब्यु गरिरहेका गोलरक्षक अनिसुर रहमानले बचाए । २७ औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो दुरीको प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोक्किन पुग्यो ।

सुरुवाती आधा घण्टामा बंगलादेशले एकपछि अर्को आक्रमण बुंदा नेपालले भने बल पोसेसन पनि आफ्नो पक्षमा राख्न संघर्ष गरेको थियो । ३१ औं मिनेटमा सादको क्रसमा जीवनको हाफ भली प्रहार पोस्टभन्दा माथिबाट गयो । ३९ औं मिनेटमा रविको क्रसमा नवयुगको प्रयास सफल हुन नसक्दा फुस्केको बलमा अन्जनको प्रहार गोलरक्षकको हातमा पुग्यो ।

खेलको ४२ औं मिनेटमा विक्रम लामाको स्थान लिँदै एरिकल विष्ट मैदान प्रवेश गरे । विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हाल्न छिरेका थिए । एरिक राष्ट्रिय टोलीमा पहिलो पटकमै डेब्यु गर्न सफल रहे ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.