default_image

3 years ago

November 13, 2020

राष्ट्रिय टोलीबाट दर्शनको डेब्यु!

काठमाडौं (हाम्रो खेलकुद) – युवा मिडफिल्डर दर्शन गुरुङले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि पहिलो खेल खेलेका छन् । शुक्रबार बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलको ६८ औं मिनेटमा रवि पासवानको स्थानमा मैदान प्रवेश गर्दै दर्शनले डेब्यु गरेका हुन् । उनी राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गर्न सफल भए । इलाममा जन्मेका दर्शन एण्ड एकेडेमीका उत्पादन हुन् […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा मिडफिल्डर दर्शन गुरुङले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि पहिलो खेल खेलेका छन् ।

शुक्रबार बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलको ६८ औं मिनेटमा रवि पासवानको स्थानमा मैदान प्रवेश गर्दै दर्शनले डेब्यु गरेका हुन् । उनी राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गर्न सफल भए । इलाममा जन्मेका दर्शन एण्ड एकेडेमीका उत्पादन हुन् ।

न्यू रोड टिम (एनआरटी) का खेलाडी दर्शन गत वर्ष भएको ए डिभिजन लिगमा उदीयमान खेलाडी घोषित भएका थिए । आक्रामक मिडफिल्डर उनले उमेर समूहमा फरवार्डको भूमिका पनि निर्वाह गरेका थिए । उनी हाल राष्ट्रिय टोलीमा भने विंगरका रुपमा खेलिरहेका छन् ।

आजै भएको खेलमा विकास खवासले सुरुवाती रोजाइमा रहँदै डेब्यु गरेका थिए । त्यस्तै खेलको ४२ औं मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गर्दै एरिक विष्टले पनि पहिलो खेल खेले ।

यो पनि :

राष्ट्रिय टोलीमा एरिक विष्टको डेब्यु!

राष्ट्रिय टोलीमा विकासको डेब्यु

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.