default_image

3 years ago

November 13, 2020

नेयमारविनाको ब्राजिल भेनेजुएलासँग खेल्दै

एजेन्सी – फिफा विश्वकप २०२२ को कतारको दक्षिण अमेरिकी छनोटको तेस्रो राउन्डको खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले भेनेजुएलासँग प्रतिस्पधा गर्दैछ । खेल साओपाउलोमा शनिबार बिहान ६ः१५ बजे हुनेछ । घरेलु मैदानमा ब्राजिल भेनेजुएलाविरुद्ध मैदान उत्रँदा लगातार तेस्रो जितको खोजीमा हुनेछ । ब्राजिलले छनोटको पहिलो खेलमा बोलिभियालाई ५–० ले तथा दोस्रो खेलमा पेरुलाई ४–२ ले हराएको […]

37 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ को कतारको दक्षिण अमेरिकी छनोटको तेस्रो राउन्डको खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले भेनेजुएलासँग प्रतिस्पधा गर्दैछ । खेल साओपाउलोमा शनिबार बिहान ६ः१५ बजे हुनेछ ।

घरेलु मैदानमा ब्राजिल भेनेजुएलाविरुद्ध मैदान उत्रँदा लगातार तेस्रो जितको खोजीमा हुनेछ । ब्राजिलले छनोटको पहिलो खेलमा बोलिभियालाई ५–० ले तथा दोस्रो खेलमा पेरुलाई ४–२ ले हराएको थियो ।

भेनेजुएलाविरुद्ध ब्राजिल स्टार फरवार्ड नेयमारविनै उत्रने छ । पेरुविरुद्धको खेलमा नेयमारले ह्याट्रिक पुरा गरेका थिए । नेयमार टोलीमा रहेपनि ग्रोइन इन्ज्युरीका चोटका कारण खेल्ने छैन । उनले मंगलबार उरुग्वेविरुद्धको खेल खेल्ने सम्भावना छ ।

उनको स्थानमा रोड्रिगोलाई टोलीमा समेटिएको छ । चोटका कारण फिलिपे कौटिन्हो र कोरोना संक्रमणका क्यासमिरो पनि टोलीमा नरहँदा ब्राजिललाई समस्या हुन सक्नेछ ।
नेयमार नभएपनि टोलीमा गाब्रियल जेससले पूनरागमन गरेका छन् ।

भिनिसियस जुनियर, रिचार्लीसन, रोबर्टाे फिर्मिन्हो, अर्थर, एलान, रेनान लोडी, डिएगो कार्लाेस, माकिन्हस र थियागो सिल्भा टोलीमा हुनेछ । चोटबाटै गोलरक्षक एलिसन बेकरले पनि टोलीमा पूनरागमन गरेका छन् ।

यता, भेनेजुएला पनि ब्राजिलमा स्टार खेलाडी नभएको फाइदा उठाउँदै छनोटमा पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । भेनेजुएला कोलम्वियासँग ३–० ले तथा पाराग्वेसँग १–० ले पराजित भएको थियो । टोलीसँग डार्विन माचिस, रोमुलो ओटेरो, सर्जियो कोर्डोभा र यान्जेल हेरेरा लगायतका खेलाडीको साथ रहेको छ ।

भेनेजुएलालाई हराए अथवा बराबरीमा रोकेपनि ब्राजिल छनोटको शीर्षस्थानमा उक्लनेछ । ब्राजिलको २ खेलबाट ६ अंक छ । ३ खेल खेलेको अर्जेन्टिनाको ७ अंक छ । भेनेजुएलाको दुई खेलबाट कुनै अंक छैन । यस्तै छनोटकै अर्काे खेलमा कोलम्विया र उरुग्वे तथा चिली र पेरुबीच प्रतिस्पर्धा हुँदैछ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.